उपप्रधानमन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग संयुक्त राज्य अमेरिकाका राजदूत डिन रिचर्ड थम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन्। रक्षा मन्त्रालयमा बुधबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटमा उपप्रधानमन्त्री खड्काले नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुवै देशबीच घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहेको बताए। उनले नेपाली सेनाको पूर्वाधार विकासलगायत क्षमता विकासमा अमेरिकी सरकारले योगदान पु¥याएको भन्दै नेपाल र अमेरिकाबीच ‘चौथो ल्याण्ड फोर्सेज टक्स’ सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गरे।

राजदूत थम्पसनले नेपाल र अमेरिकाबीच ‘चौथो ल्याण्ड फोर्सेज टक्स’ सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त गर्दै यसमा सहमति भएबमोजिम नेपाललाई हवाइ साधनलगायतका उपकरण उपलब्ध गराउन प्रयत्न गर्ने आश्वासन दिए। उनले नेपाली सेना एवं रक्षा मन्त्रालयको क्षमता विकासमा थप सहयोग उपलब्ध गराउन इच्छुक रहेको धारणा व्यक्त गर्दै विश्व शान्ति स्थापनामा शान्ति सेनाको माध्यमबाट नेपालले खेलेको भूमिकाको प्रशंसा गरे।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...