रवि लामिछानेको राहदानी विवादमा अन्तरिम आदेश नहुने

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमा अन्तरिम आदेश नहुने भएको छ।

उक्त विवादमा महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको मुद्दा नचलाउने निर्णय बदर गर्न र मुद्दाको अन्तिम किनारा नलागेसम्म उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न माग गर्दै सिन्धुलीका युवराज पौडेल सर्वोच्च गएका थिए।

न्यायाधीश हरि फुयाँलको एकल इजलासले पहिलो सुनुवाइ गर्दै रिटमा उठाएका कतिपय मुद्दाको अन्तिम किनारा लगाउँदा निरूपण हुने भएकाले अहिले अन्तरिम आदेश नहुने लिखित आदेश गरेको छ।

आदेशमा भनिएको छ- ‘यस निवेदनमा उठाएका केही विषयवस्तु यसअघिको आदेश (रवि लामिछानेको नागरिकता विवादमा यसअघि सर्वोच्चले गरेको आदेश) मा उल्लेख गरेको र केही अन्य विषयहरू यही निवेदनसँग सम्बन्धित भएपनि प्रस्तुत निवेदनको अन्तिम सुनुवाइका बेला नै सम्बोधन हुने प्रकृतिको देखिँदा तत्काल अन्तरिम आदेश दिइरहन परेन।’

उक्त इजलासले निवेदकले माग गरेअनुसारको आदेश दिन नपर्ने कारण खुलाएर लिखित जवाफ बुझाउन विपक्षीलाई आदेश भने दिएको छ। १५ दिनभित्र लिखित जवाफ बुझाउन अदालतले भनेको हो।

पौडेलले महान्यायाधिवक्ताको कार्यालय, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय, प्रहरी प्रधान कार्यालय लगायतलाई रिटका विपक्षी बनाएका छन्। यसअघि चैत ६ गते महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरूद्ध मुद्दा चलाउन नपर्ने निर्णय गरेका थिए।

अमेरिकी राहदानी भएका बेला झुटा विवरण पेस गरी नेपाली राहदानी पनि लिएको भन्दै लामिछानेमाथि छानबिन गर्न गृह मन्त्रालयमा उजुरी परेको थियो। उक्त उजुरीमाथि अनुसन्धान गर्दै प्रहरीले लामिछानेमाथि मुद्दा चलाउन नपर्ने सुझाव जिल्ला सरकारी वकिलको कार्यालयलाई दिएको थियो।

जिल्लाले उक्त प्रतिवेदन उच्च सरकारी वकिलको कार्यालयलाई दिएको थियो।

उच्च सरकारी वकिलको कार्यालय पाटनले पनि लामिछानेमाथि मुद्दा चलाउनु नपर्ने रायसहितको प्रतिवेदन महान्यायाधिवक्ता कार्यालयमा पठाएको थियो।

झुटा विवरण दिई राहदानी लिएको स्थापित तथ्य हुँदाहुँदै महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको भन्दै उक्त निर्णयविरूद्ध अधिवक्ता युवराज पौडेल (सफल) ले सर्वोच्चमा रिट दिएका थिए।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...