चरिकोटमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

चरिकोट १८, चैत । दोलखाको चरपकोटमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । शनिवार विहान जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर ७ स्थित दुध डेरी नजिकै भएको दुर्घट्नामा मोटरसाईकल चालकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ९७५ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको बा ९४ प ३२५५ नम्बरको मोटरसाइकललाई ठककर दिँदा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका २० वर्षीय राजु मगरको मृत्यु भएको हो । मृतक राजु मगर चरिकोटको चोथाङमा बस्दै आएका थिए । दुर्घटनामा परि गम्भीर घाइते भएका मगरको च्छोरोल्पा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अर्का एक जना घाईते भएका छन् । मोटरसाईकलमा सवार धनुषाका अभिशेक शाह घाईते भएको र उनको च्छोरोल्पा अस्पतालमा उपचार भैरहेको छ । ठक्कर दिने ट्रकका चालक फरार छन् । उनको खोजी भैरहेको प्रहरीले जनएको छ ।

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...

कुटनी बुर्हिया माता धार्मिक क्षेत्र लगाएत अन्य ३ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न युवाको सुझाव

सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माणको पूर्वसन्ध्यामा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई युवाहरुले सुझाव प्रतिवेदन पेश गरेका...

बाढीप्रभावितका लागि कांग्रेसले दियो सरकारलाई १ करोड

रसुवा,नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी...

निजी क्षेत्रको मागलाई गम्भीरताका साथ सम्बोधन गर्छौँ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले होटल व्यवसायीहरूको माग स्वरोजगार र उत्पादनसँग जोडिएको विषय...