प्रेस सेन्टर दोलखाको अध्यक्षमा सुरज (अविरल) बस्नेत चयन

डम्बर चौलागाईँ
दोलखा, ११ चैत । प्रेस सेन्टर नेपाल दोलखाको अध्यक्षमा सुरज (अविरल) बस्नेत चयन भएका छन् । सेन्टरको शनिबार चरिकोटमा सम्पन्न छैटौं साधारण सभाले बस्नेतको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।
सेन्टरको उपाध्यक्षमा प्रमिला नेपाली, सचिवमा केदार दहाल, कोषाध्यक्षमा गोविन्द थामी चयन भएका छन् । यस्तै सदस्यहरुमा ईश्वर विश्वकर्मा, प्रकाश कौशल, भुपेन्द्र प्रसाद भण्डारी, ईश्वरी बुढाथोकी, मिलन थामी, जेनी तमाङ, सविना थापा, नविन सुनुवार र सुमित्रा थामी चयन भएका छन् ।

यसैबीच, प्रेस सेन्टर नेपाल दोलखाले जिल्लाको ९ वटा स्थानीय तहमध्ये ८ वटा स्थानीय तहमा पालिकास्तरीय कमिटी गठन गरेको छ । जसअनुसार गौरीशंकर गाउँपालिकामा प्रकाश कौशलको अध्यक्षतामा कमिटी गठन भएको छ भने भीमेश्वर नगरपालिकामा ईश्वर विश्वकर्माको अध्यक्षतामा कमिटी गठन गरिएको छ । यस्तै मेलुङ गाउँपालिकामा भुपेन्द्र प्रसाद भण्डारीको अध्यक्षतामा, जिरी नगरपालिकामा नविन सुनुवारको अध्यक्षतामा पालिकास्तरीय कमिटी गठन गरिएको छ भने वैतेश्वर गाउँपालिकामा सविना थापाको अध्यक्षतामा कमिटी गठन भएको छ ।

यसैगरी शैलुङ गाउँपालिकामा ईश्वरी बुढाथोकीको अध्यक्षतमा, कालिञ्चोकमा मिलन थामीको अध्यक्षतामा र विगु गाउँपालिकामा जेनी तमाङको अध्यक्षतामा पालिकास्तरीय कमिटी गठन गरिएको छ । तामाकोशी गाउँपालिकामा भने पछि कमिटी गठन हुनेछ ।

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...

कुटनी बुर्हिया माता धार्मिक क्षेत्र लगाएत अन्य ३ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न युवाको सुझाव

सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माणको पूर्वसन्ध्यामा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई युवाहरुले सुझाव प्रतिवेदन पेश गरेका...

बाढीप्रभावितका लागि कांग्रेसले दियो सरकारलाई १ करोड

रसुवा,नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी...

निजी क्षेत्रको मागलाई गम्भीरताका साथ सम्बोधन गर्छौँ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले होटल व्यवसायीहरूको माग स्वरोजगार र उत्पादनसँग जोडिएको विषय...