सांस्कृतिक सम्पदा निर्माण गर्न ललितपुर महानगरपालिकाले भीमेश्वर नगरपालिकालाई दियो ३५ लाख

बलराम शिवाकोटी
दोलखा, ११ चैत ।
ललितपुर महानगरपालिकाले दोलखाको भीमेश्वर नगरपालिकालाई आर्थिक सहयोग गरेको छ । ललितपुर महानगरपालिका र दोलखाको भीमेश्वर नगरपालिकाविच भगिनी सम्बन्ध स्थापनाको १ वर्ष पुगेको अवसरमा शुक्रबार चरिकोटमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

महानगरप्रमुख महर्जनले भीमेश्वर नगरपालिका भित्रमा सांस्कृतिक सम्पदा निर्माण तथा संरक्षण गर्नका लागि सो रकम हस्तान्तरण गरिएको ललितपुर महानगरपालिकाका मेयर महर्जनले बताए । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर महर्जनले ललितपुर महानगर र भीमेश्वर नगरपालिकाविच मितेरी सम्बन्ध रहेको तथा दुई पालिकाविच सांस्कृतिक सम्बन्ध रहेकोेले विकास निर्माण तथा संस्कृति संरक्षणमा हातेमालो गर्ने बताए । भीमेश्वर नगरपालिका भित्र आउँदा मितको घर आएको जस्तो आफूलाई अनुभव भएको बताउँदै आउँदा दिनमा थप सहयोग र सहकार्य गर्नेसमेत बताए । भीमेश्वर नगरपालिकालाई नगरपालिकाहरुको अन्तर्राष्ट्रिय स्तरको संगठनमा आबद्धताको लागिसमेत सहयोग गर्र्ने बताए ।

कार्यक्रममा बोल्दै भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले महानगरले आर्थिक सहयोग गरेकोमा धन्यवाद दिँदै महानगरबाट भीमेश्वर नगरपलिकाले विकास तथा संकृति संरक्षणका बारेमा धेरै कुरा सिक्नुपर्ने बताए । भीमेश्वर नगरपालिका भौगोलिक तथा जनसंख्याको हिसाबले सानो नगरपालिका भएपनि प्राकृतिक तथा सांस्कृतिक सम्पदामा धनी भएको भन्दै मेयर मानन्धरले महानगरको विकासको मोडेलमा आफूहरुले पनि भीमेश्वरको विकास गर्न खोजेकोे बताए । मेयर मानन्धरले ललितपुर महानगर र भीमेश्वर नगरपालिकाबीच धेरै भिन्नता भए पनि संस्कार र संस्कृतिमाल भने एक रूपता भएको बताए ।
यसैबिच ललितपुर महानगर र भीमेश्वर नगरपालिकाबीच सांस्कृतिक र साहित्यिक विषय आदानप्रदान गर्न साहित्यिक–सांस्कृतिक संयन्त्र बनेको छ ।

उक्त संयन्त्रमा ललितपुर महानगरका तर्फबाट सामाजिक विकास समितिका संयोजक तथा प्रवक्ता राजु महर्जन, पूर्वाधार विकास समितिका संयोजक चन्द्र महर्जन, सामाजिक विकास समितिका सदस्य तथा वडा नं.१ का अध्यक्ष निर्मल तण्डुकार, नगर प्रमुखका राजनीतिक सल्लाहकार बाबुराज महर्जन र महानगर प्रशासन महाशाखा प्रमुख सागर थापा रहेका छन् भने भीमेश्वर नगरपालिकाबाट सामाजिक विकास समितिका संयोजक स्टालिन श्रेष्ठ, नगरपलिकाका प्रवक्ता तारानाथ चौलागाई, वडा नम्बर ३ का वडा अध्यक्ष हरिशरण शिवाकोटी, शिक्षा शाखा प्रमुख अर्जुन कार्की र ईन्जिनियर सुरेश राउत रहेका छन्।

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...

कुटनी बुर्हिया माता धार्मिक क्षेत्र लगाएत अन्य ३ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न युवाको सुझाव

सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माणको पूर्वसन्ध्यामा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई युवाहरुले सुझाव प्रतिवेदन पेश गरेका...

बाढीप्रभावितका लागि कांग्रेसले दियो सरकारलाई १ करोड

रसुवा,नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी...

निजी क्षेत्रको मागलाई गम्भीरताका साथ सम्बोधन गर्छौँ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले होटल व्यवसायीहरूको माग स्वरोजगार र उत्पादनसँग जोडिएको विषय...