दोलखाको बैत्येश्वरमा बोलेरो दुर्घटना, दर्जन बढी घाइते

रामकृष्ण शिवाकोटी, २३ फागुन दोलखा ।
दोलखाको बैतेश्वर गाउँपालिका-६ नाम्दु डाँडा गाउँमा बोलेरो दुर्घटना हुँदा दर्जन बढी घाइते भएका छन।नाम्दु बाट मैनापोखरी आउदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो।दुर्घटनामा सवार २५ जना सवार रहेकोमा १९ जना घाइते भएका छन्।घाइते मध्ये ५जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मैनापोखरीका प्रहरी इन्चार्ज बिर बहादुर कार्कीले जानकारी दिए।गम्भीर घाइते हुनेहरुमा बैतेश्वर-३ का शम्भु दहाल,बैतेश्वर-६ का टुल्के नेपाली र सुनिता नेपाली रहेका छन्।त्यस्तै बैतेश्वर-२ का सुनकुमार तामाङको हातमा गम्भीर चोट लागेको छ्।।। घाइतेहरुको बैतेश्वर सामुदायिक अस्पताल मैनापोखरी र दाहाल मेडिकलमा उपचारको लागि लगिएको छ।गम्भीर घाइतेहरु, रविना नेपाली, टुल्के नेपाली, सुनिता नेपाली, शम्भु दाहाल र सुनकुमार तामाङलाई काठमाडौ पठाउने तयारी भैरहेको छ ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...