दोलखाको बैत्येश्वरमा बोलेरो दुर्घटना, दर्जन बढी घाइते

रामकृष्ण शिवाकोटी, २३ फागुन दोलखा ।
दोलखाको बैतेश्वर गाउँपालिका-६ नाम्दु डाँडा गाउँमा बोलेरो दुर्घटना हुँदा दर्जन बढी घाइते भएका छन।नाम्दु बाट मैनापोखरी आउदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो।दुर्घटनामा सवार २५ जना सवार रहेकोमा १९ जना घाइते भएका छन्।घाइते मध्ये ५जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मैनापोखरीका प्रहरी इन्चार्ज बिर बहादुर कार्कीले जानकारी दिए।गम्भीर घाइते हुनेहरुमा बैतेश्वर-३ का शम्भु दहाल,बैतेश्वर-६ का टुल्के नेपाली र सुनिता नेपाली रहेका छन्।त्यस्तै बैतेश्वर-२ का सुनकुमार तामाङको हातमा गम्भीर चोट लागेको छ्।।। घाइतेहरुको बैतेश्वर सामुदायिक अस्पताल मैनापोखरी र दाहाल मेडिकलमा उपचारको लागि लगिएको छ।गम्भीर घाइतेहरु, रविना नेपाली, टुल्के नेपाली, सुनिता नेपाली, शम्भु दाहाल र सुनकुमार तामाङलाई काठमाडौ पठाउने तयारी भैरहेको छ ।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...