दोलखा महोत्सव आजबाट चरिकोटमा सुरु, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठद्वारा समुद्घाटन [फोटोफिचर सहित]

बलराम शिवाकोटी, फागुन १९ । ’कृषि, व्यापार, पर्यटन र पूर्वाधार– समृद्ध दोलखा निर्माणको आधार’ भन्ने मूल नाराका साथ दोलखा चेम्बर अफ कमर्सले आयोजना गरेको दोलखा महोत्सव शुक्रबारबाट दोलखाको सदरमुकाम चरिकोटम सुरु भएको छ । फागुन १९ गतेदेखि २७ गतेसम्म चल्ने महोत्सवको नेपाल सरकारका उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले समुद्घाटन गर्नुभएको छ ।
महोत्सवको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भ्रष्टचारको अन्त्य गरी देशमा शुसासन स्थापित गर्ने वर्तमान सरकारले मुख्य लक्ष्य रहेको बताउनुभयो । उहाँले मन्त्रालयका सचिवहरु सँगै बैठक गरी प्रत्येक मन्त्रालयले एक महिनामा गर्ने काम, दुई महिनामा गर्नै काम र छ महिनामा गर्ने कामको पूर्व योजना पेश गरी सम्पन्न गर्दै प्रगति देखाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले निर्देशन दिएको बताउनुभयो । व्यापार घाटा रोक्न उत्पादन वृद्धि गर्नुपर्ने उल्लेख गर्दै मन्त्री श्रेष्ठले नेपालको बिकास र समृिद्धको लागि निजि क्षेत्रलाई साथमा लिएर बढ्दो ब्यापार घाटा घटाउनेतर्फ सरकार लागिरहेको बताउनुभयो ।
सरकारका तिनवटै निकाय केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले विकास गर्दा निजि क्षेत्रलाई साथमा राखेर काम गर्नुपर्ने उहाँले बताउनुभयो । त्यसैगरी धार्मिक, साँस्कृतिक र जलविद्युत उत्पादनको प्रचुर सम्भावना बोकेको पर्यटकीय जिल्ला दोलखालाई समृद्ध बनाउन निजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेकोसमेत बताउनुभयो ।
महोत्सवमा देशैभरबाट निजी क्षेत्रका सय भन्दा बढी ब्यापारीहरुले विभिन्न वस्तु, उत्पादन तथा सेवाका स्टल राखेका छन् । महोत्सव उद्घाटनका अवसरमा जिल्लाका विभिन्न जातजातीका संस्कृति झल्कने झाँकीहरुके प्रदर्शन गरिएको थियो साथै महिला समूहरुको पञ्चेबाजा, विभिन्न स्थानबाट प्रतिनिधित्व हुने खैंजडी भजन, स्थानीय तथा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति, विद्यालयहरुका विद्यार्थीहरुबाट मार्च पाससमेत गरिएको थियो । महोत्सवमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर अभौतिकीकरण शिविरलगायतका कार्यक्रम पनि रहेका चेम्बर दोलखाले जनाएको छ ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...