राष्ट्रपति बिद्यादेवी भण्डारी भोलि दोलखा आउने

रमेश शिवाकोटी, दोलखा, फागुन १७ । राष्ट्रपति बिद्यादेवी भण्डारी भोलि १८ गते दोलखा आउनु हुने भएको छ ।
प्रसिद्ध दोलखा भीमेस्वर मन्दिर दर्शनकालागि दोलखा आउन लाग्नुभएको हो । राष्ट्रपति भण्डारी भोलि विहान दोलखा आउनु हुनेछ । साथै ग्रामिण विकास टुकी संघले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रमको लागि राष्ट्रपति दोलखा आउन लाग्नुभएको हो । उहाँ भोली विहान ११ बजे सैनिक हेलिकोप्टर मार्फत दोलखा आउने कार्यक्रम छ ।
दोलखा आए लगत्तै राष्ट्रपति भण्डारी प्रसिद्ध दोलखा भीमेस्वर मन्दिर दर्शनकालागि ऐतिहासिक तथा धार्र्मिक सहर दोलखा पुगेर भिमेश्वर मन्दिरको दर्शन तथा पूजा आराधना गर्नुहुनेछ । तत्पश्चात चरिकोटमा रहेको सिमपानी हलमा ग्रामिण विकास टुकी संघले आयोजना गर्ने टुकी प्रदर्शनी कार्यक्रममा प्रमुख अतिथिकोरुपमा सहभागी हुनु हुनेछ । सो क्रममा राष्ट्रपति र टुकी किसानहरुविच अन्तरक्रियासमेत हुनेछ ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...