राष्ट्रपति बिद्यादेवी भण्डारी भोलि दोलखा आउने

रमेश शिवाकोटी, दोलखा, फागुन १७ । राष्ट्रपति बिद्यादेवी भण्डारी भोलि १८ गते दोलखा आउनु हुने भएको छ ।
प्रसिद्ध दोलखा भीमेस्वर मन्दिर दर्शनकालागि दोलखा आउन लाग्नुभएको हो । राष्ट्रपति भण्डारी भोलि विहान दोलखा आउनु हुनेछ । साथै ग्रामिण विकास टुकी संघले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रमको लागि राष्ट्रपति दोलखा आउन लाग्नुभएको हो । उहाँ भोली विहान ११ बजे सैनिक हेलिकोप्टर मार्फत दोलखा आउने कार्यक्रम छ ।
दोलखा आए लगत्तै राष्ट्रपति भण्डारी प्रसिद्ध दोलखा भीमेस्वर मन्दिर दर्शनकालागि ऐतिहासिक तथा धार्र्मिक सहर दोलखा पुगेर भिमेश्वर मन्दिरको दर्शन तथा पूजा आराधना गर्नुहुनेछ । तत्पश्चात चरिकोटमा रहेको सिमपानी हलमा ग्रामिण विकास टुकी संघले आयोजना गर्ने टुकी प्रदर्शनी कार्यक्रममा प्रमुख अतिथिकोरुपमा सहभागी हुनु हुनेछ । सो क्रममा राष्ट्रपति र टुकी किसानहरुविच अन्तरक्रियासमेत हुनेछ ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...