अपर तामाकोशीले शत प्रतिशत हकप्रद शेयर जारी गर्न पायो अनुमति

काठमाडौँ, १६ फागुन । शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले हकप्रद शेयर जारी गर्न पाउने भएको छ ।
दोलखा जिल्लामा सम्पन्न भएको ४५६ मेघावाट क्षमता रहेको अपर तामाकोशी जलविद्युत आयोजनाले शत प्रतिशत हकप्रद शेयर जारी गर्न स्वीकृति प्रदान गर्नको लागि नियमनकारी निकाय विद्युत नियमन आयोगमा निवेदन दिएको थियो । आयोगको मंगलबार बसेको १८७औं बैठकले कम्पनीलाई शत प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति दिने निर्णय भएको हो । कम्पनीको गत असार ३० गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्न साधारण सभामा प्रस्ताव गरेको थियो ।
कम्पनीको भदौ ३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न साधारण सभाले १ बराबर १ शेयरको अनुपातमा अर्थात शत प्रतिशत हकप्रद शेयर निश्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । अब उक्त हकप्रद शेयर धितोपत्र बोर्डबाट स्वीकृति भएपछी निष्कासन गरिनेछ ।
अपर तामाकोशीले जलविद्युत आयोजनाले गत वर्षदेखि विजुली उत्पादन गर्दै आइरहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । शत प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...