महङ्गी र चर्को ब्याज विरुद्ध नेकपा दोलखाद्वारा चरिकोटमा विरोध प्रदर्शन

चरिकोट, १५ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, दोलखाले महङ्गी र चर्को ब्याज विरुद्ध दोलखाको सदरमुकाम चरिकोटमा विरोध प्रदर्शन गरेको छ । लघुवित्त, बैँक, सहकारीको चर्को ब्याज तथा मिटरब्याजले आम सर्वसाधरण मारमा परेको र जनताल महङ्गी धान्न नसक्ने अबस्थामा पुगेको भन्दै सोमबार दिउँसो नेकपाले सदरमुकाम चरिकोटको सातदोबाटोमा बिरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा नेकपा दोलखाका जिल्ला इन्चार्ज अर्जुन योगी, दोलखा जिल्ला सेक्रेटरी राजकुमार लामिछाने, नेकपा दोलखा पूर्व जिल्ला संयोजक राजन धनुके, जिल्ला सदस्य सिताराम उप्रेती लगायतले मन्तव्य राख्दै बढ्दो महङ्गी, भ्रष्टाचार, वित्तिय संस्थाहरुको चर्काे ब्याज तथा मिटरब्याजले जनता त्रसित बनाएको, उद्योग व्यवसायहरु बन्द हुने अवस्थामा पुगेकोले तुरुन्त सरकारले सम्बोधन गर्नुपर्ने र यथाशीघ्र समाधान नगरे भ्रष्टाचार, र चर्को ब्याज विरुद्ध जनताको साथमा आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिनुभएको थियो । बिरोध कार्यक्रममा नेकपा दोलखाका नेता, कार्यकर्ता तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । नेकपा दोलखाले भ्रष्टाचार, महंगी र चर्को ब्याज विरुद्ध जिल्लामा चरणबद्ध प्रदर्शन गरिरहेको छ ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...