एमालेका सबै मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौं : नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन्। सोमबार दिउँसो प्रधानमन्त्री बालुवाटार पुगेर एमालेका सबै मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर सामूहिक राजीनामा बुझाएका हुन्। 

सोमबार बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

प्रधानमन्त्री दाहालदाहाल मन्त्रिपरिषद्‍मा एमालेबाट विष्णु पौडेलको नेतृत्वमा आठ जना सहभागी थिए । पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री थिए । ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, राजेन्द्रकुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र हरिप्रसाद उप्रेती रक्षामन्त्री थिए । Photo : rss

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...