समर्थन फिर्तासहित सरकारबाट बाहिरियो एमाले

काठमाडौं । नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । एमालेको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको बताएका छन् ।

गए राति वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल र अध्यक्ष ओलीबीच दुई घण्टा गहन छलफल गरेका थिए । सो छलफलमा एमालेले सरकार छोड्ने निर्णय भएको बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेको कोटामा मन्त्री बनेकी परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेका थिए ।

मन्त्री पौड्याल राष्ट्रसंघीय मानव अधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन जाँदै थिइन् । तर आइतबार साँझ त्यसतर्फ उड्न लागेको समयमा प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि उनको भ्रमण रोकिएको थियो।

राष्ट्रपति निर्वाचन नजिकिएसँगै प्रचण्डले ओलीको साथ छोडेर कांग्रेससहित आठ दल रोजेका छन् । यही फाल्गुन २५ गते राष्ट्रपति निर्वाचन हुँदै छ । https://www.hamrakura.com/news-details/142589/2023-02-27

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...