समर्थन फिर्तासहित सरकारबाट बाहिरियो एमाले

काठमाडौं । नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । एमालेको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको बताएका छन् ।

गए राति वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल र अध्यक्ष ओलीबीच दुई घण्टा गहन छलफल गरेका थिए । सो छलफलमा एमालेले सरकार छोड्ने निर्णय भएको बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेको कोटामा मन्त्री बनेकी परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेका थिए ।

मन्त्री पौड्याल राष्ट्रसंघीय मानव अधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन जाँदै थिइन् । तर आइतबार साँझ त्यसतर्फ उड्न लागेको समयमा प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि उनको भ्रमण रोकिएको थियो।

राष्ट्रपति निर्वाचन नजिकिएसँगै प्रचण्डले ओलीको साथ छोडेर कांग्रेससहित आठ दल रोजेका छन् । यही फाल्गुन २५ गते राष्ट्रपति निर्वाचन हुँदै छ । https://www.hamrakura.com/news-details/142589/2023-02-27

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...