नेपाल रेडक्रस सोसाइटी, दोलखा जिल्ला शाखाको सभापतिमा इश्वरीप्रसाद दाहाल

नेपाल रेडक्रस सोसाइटी, दोलखा जिल्ला शाखाको सभापतिमा इश्वरीप्रसाद दाहाल निर्वाचित हुनुभएको छ । दोलखा सदरमुकाम चरिकोटमा आज सम्पन्न ४१औँ जिल्ला सभा तथा १३औँ अधिवेशनले सर्वसम्मत रुपमा दाहाललाई दोलखा जिल्ला शाखाको सभापति पदमा निर्वाचित गरेको हो । अधिवेशनले सभापतिसहित १७ सदसीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । यसैगरी शाखाको उपसभापतिमा बाबुकाजी बस्नेत निर्वाचित हुनभएको छ ।

त्यस्तै निर्वाचित अन्य पदाधिकारी तथा सदस्यहरुमा, रिता रिमाल–महिला उपसभापति, भरतनारायण प्रधान –मन्त्री, भिम बहादुर केसी–कोषाध्यक्ष, तामप्रसाद आपागाई–उपमन्त्री, खड्कध्वज खत्री–उपकोषाध्यक्ष रहनुभएको छ । सदस्यहरुमा राधादेवी मास्के, छलिमायाँ थामी, कल्पना केसी, रविचन्द्र आचार्य, कुमार बस्नेत, जगन्नाथ वस्नेत, बावुलाल लामा, कुमार तमाङ औतारी, कुसुम लामा र नवराज पाठक निर्वाचित हुनुभएको छ ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...