दोलखा उद्योग वाणिज्य संघको अध्यक्षमा प्यानलसहित दुईजनाको उम्मेदवारी दर्ता (नामावलीसहित)

दोलखा, १० फागुन । आउँदो फागुन १३ गते सम्पन्न हुने दोलखा उद्योग वाणिज्य संघको चुनावी अधिवेशनमा संघका वर्तमान अध्यक्ष इन्द्रबहादुर श्रेष्ठसहित दुई जनाको प्यानलसहित उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष पदमा श्रेष्ठ तथा वर्तमान कार्यसमिति सदस्य दिनेश बस्नेतको उम्मेदवारी दर्ता भएको हो । श्रेष्ठको प्यानलबाट उम्मेदवारी दिने अन्य सदस्यहरुमा, सनत थापा, बिमल श्रेष्ठ, नारायणबहादुर श्रेष्ठ, नवराज रिजाल, सुवाष श्रेष्ठ, सुरेन्द्र उप्रेती, सम्राट मानन्धर, मनोजकुमार श्रेष्ठ, कल्पना श्रेष्ठ, प्रविण श्रेष्ठ, अनिता श्रेष्ठ, रामशरण बस्नेत, राधाकृष्ण कार्की र दिनेश श्रेष्ठ छन् ।
त्यसै गरी बस्नेत प्यानलबाट हिमालप्रसाद न्यौपाने, दिनेश पाठक, अनिल रिजाल, श्याप्रसाद उप्रती, नविना तमाङ, नवीन नेपाली, बलराम थापा, श्यामकृष्ण कायस्थ, राजन थापा, सुरेश उप्रेती, राजु प्रधान, श्यामसुन्दर शिवाकोटी, राजकुमार खड्का, चक्रबहादुर घतानी, यादव दहाल र गीताप्रसाद दहाल रहेका छन् ।
निर्वाचन उप समितिले आज साँझ पाँच वजे सम्म उम्मेदवारी दिने समय तोकेको थियो । साँझ पाँच बजेसम्म अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले बताएको छ । अधिवेशनले एक अध्यक्षसहित महिला सदस्य, दलित सदस्य, यसोसियट सदस्य र सदस्यहरुको लागि निर्वाचित गर्नेछ । पटक पटक सहमतिको प्रयास गरिएपनि मनोनयन दर्ता गर्ने समयसम्म सहमति हुन नसकेपछि प्यानल नै बनाएर दुवै पक्ष निर्वाचनमा होमिएको हो ।
अन्य पदाधिकारी भने निर्वाचित सदस्यहरुमध्येबाट पछि चयन गरिनेछ ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...