‘मन्त्रीबाट हटाउने विषय मुख्यमन्त्रीको अधिकारको कुरा हो’

जनता समाजवादी पार्टी नेपालमा देखिएको आन्तरिक विवादको असर केन्द्रमा मात्र होइन, प्रदेशसम्म देखिएको छ  । शनिबार केन्द्रीय सरकारमा महन्थ ठाकुर पक्षका आठजना मन्त्री र दुईजना राज्यमन्त्रीले सपथग्रहण गरेपछि आइतबार प्रदेश २ मा उपेन्द्र यादव पक्षको प्रदेशसभाको संसदीय दलको बैठकले महन्थ ठाकुर पक्षका जितेन्द्र सोनलसहित अन्य तीनजना राज्यमन्त्रीलाई सरकारबाट बर्खास्त गरेको छ । यी दुई घटनाले जसपा नेपाल दुई चिरा बनेको प्रष्ट रुपमा देखिएको छ । महन्थ ठाकुर पक्षमा प्रदेशमा २५ जना सांसद थिए । जसमध्ये सातजना सांसद उपेन्द्र यादवको पक्षमा लागेका छन् । यसले गर्दा बहुमतको निर्णयले हिजो संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरेको छ भने मन्त्रीमण्डलमा जिम्मेवारी हेरफेर पनि गरेको छ ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...