मिलिजुली कालिञ्चोक साकोसको मानव संशाधन सशक्तिकरण तालिम र अर्धवार्षिक समिक्षा सम्पन्न

दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. ले संस्थामा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई दुई दिवसिय सशक्तिकरण तालीम प्रदान गरेको छ । माघ ६ र ७ गते सञ्चालन भएको उक्त कार्यक्रमा कार्यक्रमको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष श्री नारायण बहादुर श्रेष्ठ र समापन कार्यक्रममा संस्थाकी उपाध्यक्ष श्री सरुणा बस्नेत श्रेष्ठको प्रमुख आतित्थ्यता रहेको थियो भने सचिव श्री ठाकुर प्रसाद पाठक, सञ्चालक सदस्य द्धय श्री बालकुमारी श्रेष्ठ र श्री पुष्कर कुमार श्रेष्ठको आतित्थ्यता रहेको थियो । उक्त तालीम कार्यक्रमको उद्घाटन तथा समापन कार्यक्रम संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री ईश्वर न्यौपानेको अध्यक्षतामा सञ्चालन भएको थियो ।

तालीममा संस्था र शेयर सदस्य सफल बनाउनको लागि सञ्चालक र कर्मचारीको भूमिका तथा सहसम्बन्ध बिषयमा संस्थाका अध्यक्ष श्री नारायण बहादुर श्रेष्ठ, सम्पत्ति शुद्धिकरण निवारण, प्रभावकारी सुचना प्रवाह सुशासनयुक्त प्रशासन बिषयमा संस्थाका सहायक ब्यवस्थापक श्री रमेश सापकोटा, सुरक्षित ऋण लगानि र प्रभावकारी ऋण असुली बिषयमा संस्थाका ऋण अधिकृत श्री चिरन्जीवी सापकोटा र ऋण असुली अधिकृत श्री राजन श्रेष्ठ, सूचना प्रविधि आन्तरीक लेखापरीक्षण र सेवाकेन्द्र ब्यवस्थापन बिषयमा सूचना प्रविधि अधिकृत श्री भीमसेन दाहाल, बचत ब्यवस्थापन बिषयमा बचत अधिकृत श्री भोजराज खतिवडा, लेखा बिधि र पद्धति बिषयमा लेखा शाखा प्रमुख श्री ईन्दीरा दाहाल, प्रभावकारी टेलर ब्यवस्थापन बिषयमा टेलर प्रमुख श्री सरिता शर्मा, मोवाईल बैंकीङ्ग, क्युआर कोड र एटीएम ब्यवस्थापन सम्बन्धमा मोवाईल बैंकीङ्ग तथा क्युआर कोड बिभाग प्रमुख श्री लक्ष्मी खतिवडा, बिप्रेषण कारोवार ब्यवस्थापन सम्बन्धमा बिप्रेषण बिभाग प्रमुख श्री रजिना चौलागाई बाट सहजीकरण भएको थियो भने संस्थाको प्रमुख कार्यकारी अधिकृत श्री ईश्वर न्यौपानेबाट एचआर सशक्तिकरण बिषयमा सहजीकरण भएको थियो ।

संस्थाले चारबर्षिय रणनीतिक योजना (आ.ब. २०७९/०८० देखी २०८२/०८३) लाई फाएभ बाई सेभेन डाईमन्सनको आधारमा तयार पारेको थियो । यस फाएभ डाईमन्सन भित्र बित्तिय स्वस्थ्यता एवं बृद्धि, गुणस्तरीय सेवा एवं सदस्य सन्तुष्टि, कुसल तथा स्तरीय कार्य सञ्चालन, नविन अभ्यास र सिकाई तथा डिजिटल बित्तिय सेवा रहेको राखीएको छ । चारबर्षिय रणनीतिक योजनाको पहिलो बर्ष आ.ब. २०७९/०८० को लागि तयार पारीएको योजना बमोजिम भएको कार्यप्रगतिको बारेमा संस्थाको मानव संशाधन बाट समिक्षा गरीएको छ । संस्थाले आ.ब. २०७९/०८० को पहिलो अर्धबार्षिक अवधिमा योजना बमोजिम अधिकांस सुचकांकहरुमा सफलता प्राप्त गरेको छ ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...