युवाहरुको आकर्षण कृषिमा, सुरु गरे लोभलाग्दो तरकारी खेती

डम्बर चौलागाई, (जागरण टाईम्स) ९ फागुन, दोलखा ।

भीमेश्वर नगरपालिका – ४ मा अगुवा कृषक समूह बनाई OWDC प्रयोग बाट विभिन्न जातका अर्गानिक तरकारी खेती गर्दै आएका रमेश चौलागाई विहानै घर नजिक तरकारी फर्म मा जाने गर्छन

गत बर्ष लटरम्म फलेको गोलभेडा देख्दा उनलाई लाग्थ्यो कसरी बजारिकरण गर्ने होला तर समय फरक छ उत्पादन भएपछि मात्र बजारको खोजी गर्नु पर्छ, पहिल्यै बजारमा अल्मलिनु नहुने उनले बताए ।
घर नजि कै रहेको सर्वमावि जिलुबाट कृषि बालिविज्ञानमा डिप्लोमा पढेका प्रबिधिक सचिन चौलागाईका साथीहरु कोही उच्च शिक्षा पढ्न लागे । केही जागिरको खोजिमा भौतांरिए तर सचिन भने सिकेको सिपबाटआफन्त रमेस चौलागाई को साथमा गाउँमैं केही गर्नु पर्छ भन्नि लागेका दुई चौलागाईले आफन्त सग सल्लाह गरि कृषि कर्ममै लाग्ने निधो गरेका छन अगुवा कृषक समूह का सद्स्यहले गत बर्ष लटरम्म गोलभेडा फलेको र बिगत को फलाई र अनुभव बाट हाल ७ रोपनी जग्गामा बिस्तार गरि ५२वटा टनेल बनाई तरकारी खेती गरेको देख्दा जो कसैको मन लोभ्याउने गर्छ सचिनलाई लाग्छ बालिविज्ञान डिप्लोमा पढेको प्रतिफल यही हो । उनको दैनिकी गोलभेडाको स्याहार सुसार, फलेका फलको व्यवस्थापन तथा दोलखा जिल्लालाई कसरी गोलभेडा मा आत्मनिर्भर बनाइउने भन्ने रहेको छ ।

‘आखिर जे गरे पनि आयआर्जन गर्नु न हो । किन बेकार चारतिर भौंतारिने ?’, सचिनले भने, ‘जिलुको माटो मलिलो छ, मानिस मेहनति छन् अलिकति आधुनिक प्रविधिको प्रयोग गरी खेति गरे यहीं कृषि उपज बढाई मनग्य आम्दानी गर्न सकिने सोचका साथ तरकारीखेतिमा लाग्ने निधोमा पुगेका ।’२२ वर्षिय सचिनले पहिललो बर्ष गोलभेडा खेतिबाटै रु ९५०००० आम्दानी गरेको बताएका छन ।

२०७७ साल पुसबाट काम शुरु गरेका उनलाई स्थानीयले जागिर खान नसुझाएका पनि होइनन् । तर कृषकको छोरो अनि कृषिमा स्नातक गरेर सिप सिकेकोले जागीरतर्फ आफ्नो ध्यान नगई नमूना कृषक बनेर केही गरेर देखाउनका लागि आफूहरुले कृषि पेशा शुरु गरेको र जिलु सानकिसान सहकारी ले यसै बर्ष उत्कृष्ट कृषक घोसना गरि सम्मान गरेको उनले बताए ।

गोलभेडा खेतिमा टनेल निर्माण मल विउ किटनाशक औषधि सहित हालसम्म करीब १२ लाख रुपैयाँ लगानी भइसकेको उनको भनाइ छ । प्रोत्साहन स्वरुप गत बर्ष वडाबाट २५ हजार रुपैयाँ आफूले सहयोग पाएको भए पनि यश बर्ष कतै बाट पनि सहयोग नपाईयको उनको गुनासो छ । प्रदेश तथा अन्य ठाउँबाट कृषककालागि आउने अनुदान वास्तविक कृषक ले नपाई पहुँचवाला गैह्र कृषकले मात्र पाउने गरेको उनको गुनासो छ। अहिले२० हजार बेर्ना लगाई सकेको २ महिना हुन लाग्यो २०८० साल बैशाख बाट उत्पादन शुरु हुन्छ । विक्रिकोलागि पनि समस्या देखिएकोे छन । यो वर्ष ४० लाख रुपैयाँ जतिको गोलभेडा विक्री हुने अनुमान गरको छु” सचिनले खुशी हुँदै भने, ‘आगामी दिनमा खेती गर्ने जमीन थपी बेमौसमी तरकारी खेति गर्छु । यसैबाट आमदानी गरेर स्थानीय स्तरमै राम्रैसँग काम गरे कमाउन अन्तजानु पर्दैन भन्ने सबैलाई देखाउने मन छ ।’
अलिहेको सचिनको काम गराईको तरिका देख्दा उनले कृषि स्नातकमा सिकेको ज्ञानलाई व्यवहारमा उतारिरहेको देखिन्छ । पढेर जागिरनै खानुपर्छ भन्ने मान्यतालाई नकार्दै उनले अध्ययनलाई व्यहारमा उतारेका छन् । निकट भबिस्यमा गोलभेडा को बीउ उत्पादन गर्ने लक्ष राखेका सचिनलाई प्रदेश सरकार र स्थानीय सरकार को सहयोग को खाँचो देखिन्छ ।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...