भोकै बस्ने, कामै नपाउने अवस्था गाउँपालिकामा छैन

कास्की जिल्लाको उत्तर पूर्वी भागमा पर्ने गाउँ हो मादी गाउँपालिका । अन्नपूर्ण हिमालको मुन्तिर रहेको मादीमा विश्वभर महामारीको रुपमा फैलिई रहेको नोवेल कोरोना भाइरसको असर उति साह्रो परेको छैन । 
कृषिमा निर्भर गाउँ मादी अहिले खेतिपातीमा व्यस्त छ । कोरोना संक्रमणको सम्भावित जोखिमलाई रोक्न भने गाउँपालिकाले गाउँ प्रवेश गर्ने नाका कडा पारेको छ । 

कोरोना भाइरसले दिएको चोटबाट माथि उठ्ने योजना पनि गाउँपालिकाले बनाई रहेको छ । कृषि पेशामा निर्भर भएकाले पनि आगामी वर्षको बजेटमा मादी गाउँपालिकाले बजेटमा कृषिलाई नै जोड दिने योजना बनाइरहेको छ । 
गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङका अनुसार मादीमा यतिबेला खेतीपातिको काम भई रहेको छ । सहरसँग सीमा जोडिए पनि आफ्नो गाउँपालिकामा कोरोना भाइरसको असर त्यति नपरेको उनी बताउँछन् । ‘सहरदेखि टाढा भएर पनि होला हामीलाई लकडाउनको त्यति असर परेको छैन,’ उनले भने । 

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...