जिल्ला आयुर्वेद केन्द्र, दोलखाले गर्‍यो सञ्चारकर्मीसँग अन्तरक्रिया

बलराम शिवाकोटी
दोलखा ४ फागुन । जिल्ला आयुर्वेद कार्यालय दोलखाले पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ । चरिकोटमा आज सम्पन्न अन्तरक्रियामा जिल्ला आयुर्वेद केन्द्रमार्फत उपलब्ध हुने सेवा तथा आगामि कार्यक्रमहरुका बारेमा जानकारी दिइएको छ ।
जिल्ला आयुर्वेद कार्यालय दोलखाका प्रमुख डाक्टर मनोज कुमार चौधरीले कार्यलयका गतिविधि र भावि योजनाहरु सुनाउँदै, हाल जिल्लाभर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, चरिकोट, लापिलाङ आयुर्वेद औषधालय कालिन्चोक गाउँपालिका, भेडपु आयुर्वेद औषधालय मेलुङ गाउँपालिका,र तमाकोशी गाउँपालिकामा सेवा दिइरहेको र भविष्यमा जिल्लामा जिल्लामा न्यूनतम १२ रोपनी जग्गा प्राप्ति भएको खण्डमा अन्तरंग सेवा सहितको कम्तिमा ५० शैयाको जिल्ला आयुर्वेद अस्पताल निर्माण गर्न सकिने बताउँनुभयो । सो कार्यको सहयोगको लागि सदरमुकाम चरिकोटको आसपासमा जग्गा उपलब्ध गराई दिन, तथा आवश्यक सहजीकरण गर्न स्थानीय सरकार, स्थानिय प्रशासन , नागरिकसमाज र संचारकर्मीहरूसँग अनुरोध गर्नुभयो । उक्त कार्यको लागि डिपिआर गर्न बजेटसमेत आएको तर ,जग्गा नभएको कारणले फिर्ता गर्नु पर्ने अबस्था आएको डा. चौधरीले बताउनुभयो । डा. चौधरीले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले छिट्टै अकुपंञ्चर सेवा सुरु गर्न लागेको जानकारी दिनुभयो ।



कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शेखर पौड्यालले स्थानीय सरकारका प्रतिनिधि ,राजनैतिक दलका प्रतिनिधि र सरोकारवाला नागरिक संग समन्वय गरि अस्पताल निर्माणका लागि आवश्यक पहल गर्ने बताउनुभएको छ । मानव जिवनमा आयुर्वेदको धेरै महत्व रहेको बताउँदै पौड्यालले आयुर्वेदको प्रयोग गर्न सके मानिस मानसिक रुपमासमेत स्वस्थ भई सधैँ खुसी हुन सक्ने बताउनुभयो ।

अन्तरंग सेवा सहितको कम्तिमा ५० शैयाको जिल्ला आयुर्वेद अस्पताल निमार्णका लागि जग्गा उपलब्ध गराउन पहल गर्न बताएकाछन । जिल्ला आयुर्वेद केन्द्र चरिकोटका डा.सुकृति ढुङगानाले मानव जीवनमा आयुर्वेदको महत्त्व धेरै रहेको र यो नेपालको मौलिक चिकित्सा पद्धति रहेको बताउनु भयो । आयुर्वेदलाई अथर्ववेदको पनि उपवेद वा पाँचौ वेद भनिन्छ भन्दै उहाँले आयुर्वेदले मानवको शारीरिक, मानसिक र अध्यात्मिक विकासमा सहयोग पु¥याउने बताउनुभयो । नेपालमा रहेको बैकल्पिक चिकित्सा पद्धतिहरुमा, प्राकृतिक चिकित्सा पद्धति, योग, होमियोप्याथी, आदि रहेको जानकारी दिँदै उहाँले आयुर्वेदले बिरामी मान्छेको मात्र स्वास्थ्य समस्या समाधान गर्र्ने नभइ स्वस्थ मानिसकोसमेत स्वास्थ्य रक्षा गर्ने बतानुभयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महाुसंघका अध्यक्ष दीपशंकर चौलागाईँले आयुर्वेदिक औषधीको प्रयोग गर्न सके मानिसका ठुला ठुला रोग पनि निको हुने बताउनुभयो । आधुनिक चिकित्सा विधिबाट निको नभएका कयौँ रोगहरु पनि आर्युेर्वेकि औषधिको प्रयोगले ठिक भएकोले यसको प्रयोगलाई बढाउन जोड दिनुभयो ।

जिल्ला आयुर्वेद कार्यालयका अधिकृत हरिनारायण यादवले भने बागमती प्रदेशमा , ८ लाख २५ हजार जनताको माझमा १ प्रदेश स्तरीय आयुर्वेद स्वास्थ्य संस्था,करिव १ लाख ९ हजार जनताको माझमा १ आयुर्वेद औषधालय ,करिव १ लाख ३८ हजार जनताको माझमा १ नागरीक आरोग्य सेवा केन्द्रले आयुर्वेद स्वास्थ सेवा दिएको छ । अन्तरक्रिया कार्यक्रममा दोलखाका ३० जना संचारकर्मीको सहभागीता रहेको थियो ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...