चार वर्षमा चार पर्यटन मन्त्री : कसले के के गरे ?

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको करिब साढे ३ वर्षको अवधिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा चार जना मन्त्री फेरिए, करिब ६ महिना प्रधानमन्त्री आफैंले यो मन्त्रालयको जिम्मा लिए । अस्थिर नेतृत्वको परिणाम पर्यटन मन्त्रालयको कार्यप्रगतिमा देखिएको छ । अहिले सबैभन्दा कमजोर कार्यप्रगति भएको मन्त्रालयमा यही पर्छ । यो मन्त्रालयको जिम्मामा पर्ने पर्यटक आगमन, विमानस्थल निर्माण, संस्कृतिका क्षेत्रमा यो चार वर्षमा प्रगतिभन्दा बढी आलोचना र विवादित काम भए । यद्यपि कोरोना महामारीका कारण मन्त्रालयले कतिपय कमजोरीमा शंकाको सुविधा पाएको छ ।

२०७४ फागुनमा सरकार बनेपछि सुरुमा रवीन्द्र अधिकारीले पर्यटन मन्त्रालयको जिम्मेवारी पाए । २०७५ फागुना उनको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि ६ महिनासम्म प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयको जिम्मा आफैं लिए ।

त्यसपछि २०७६ भदौमा योगेश भट्टराईले पर्यटन मन्त्रालय सम्हाले । डेढ वर्षपछि २०७७ पुसमा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि भट्टराईले राजीनामा गरेपछि भानुभक्त ढकालले यो मन्त्रालय सम्हाले ।

केही दिनअघि मन्त्रिपरिषद पुनर्गठन गर्दा ओलीले ढकाललाई विदा गरेर जनता समाजवादी पार्टीका उमाशंकर अरगरियालाई यो मन्त्रालयको जिम्मेवारी दिएका छन् । उनी कति समय यो मन्त्रालयमा रहन्छन् र कति कम गर्छन् भन्ने कुरा प्रतीक्षाकै विषय हो ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...