स्वतन्त्र व्यक्ति पनि राष्ट्रपति हुनसक्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं / प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र व्यक्ति पनि राष्ट्रपति हुन सक्ने बताएका छन् । नयाँ राष्ट्रपतिको विषयलाई लिएर प्रमुख दलहरू, कांग्रेस, एमाले र माओवादी केन्द्रबीच तीव्र छलफल चलिरहेका बेला प्रचण्डले आज आयोजित पार्टीको भर्चुअल बैठकमा ब्रिफिङ गर्दै उक्त कुरा बताएका हुन् ।

प्रचण्डले विगतमा राजनीतिमा सक्रिय व्यक्ति राष्ट्रपति हुँदा दुई तीनपटक दुःख पाइएको बताएको केन्द्रीय सदस्य समिता कार्कीले जानकारी दिइन् । उनले प्रधानमन्त्रीमा आफूलाई सबै दलले विश्वासको मत दिएर सबैको साझा प्रधानमन्त्रीको रूप दिएको भन्दै त्यो विश्वास नटुट्ने गरी सहमतीय राष्ट्रपति बनाउनुपर्ने बैठकमा बताएका छन् । दलहरूको नामै लिएर प्रचण्डले कांग्रेस, एमाले, माओवादी वा अन्य दलबाट पनि राष्ट्रपति बन्न सक्ने बताएका थिए । 
प्रचण्डले पार्टी बैठकमा टुटफुट भएका कम्युनिष्ट पार्टीलाई ध्रुवीकरण गरिने पनि बताएका छन् । उनले सबै कम्युनिष्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने प्रयास गरिरहेको बैठकमा ब्रिफिङ गरेका थिए । 

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...