कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ का २७ वर्षीय दीपक भट्टको धनगढीस्थित माया मेट्रो अस्पतालले निःशुल्क उपचार गरेको छ।
मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका भएका भट्टलाई अस्पतालले उपचारमा लागेको करिब नौ लाख रुपैयाँ मिनाहा गरेको हो।आफैँले चलाएको मोटरसाइकल दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका भट्टलाई सुरुमा महाकाली अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको थियो।
भट्टको १५ दिन भेन्टिलेटर, २० दिन सघन उपचार कक्ष (आईसीयू) र त्यसपछि सामान्य शय्यामा राखेर उपचार गरिएको थियो। लामो उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको र उपचार सफल भएको अस्पतालले जनाएको छ।
