गगन सभापतिमा विजयी बनेपछि विश्वले भने ब्रदर-शुभकामना !

नेपाली कांग्रेसको १५ औ महाधिवेशनको चुनावी प्रतिष्पर्धाबाट गगन थापाले सभापतिमा अत्याधिक मतका ल्याउँदै विजयी भएका छन्। गगन विजयी भएसँगै वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल फेसबुक मार्फत बधाई ज्ञापन गरेका छन् उनले लेखेका छन्।

“यात्राको शुरूवात हो, लक्ष्यको प्राप्ति होइन !

हिँड्नु धेरै छ हामीले, गन्तव्यमा पुर्‍याउनु छ देशलाई l अफ्ट्यारा आउँछन्, सामना गर्नुछ संयमले l जोड्नु छ भिन्न मत र मनहरु l पछ्याउनु छ विगतका गौरव, सच्याउनु छ कमजोरी l ईमानदार रहनुछ इतिहासप्रति, संभव तुल्याउनु छ समुन्नति l हामीले “सक्नुपर्छ र सक्नेछौं´´ l अपार विश्वास र दृढ साथका साथ, उभिएको छु साथमा, लामबद्द छौँ साथमा l लु ब्रदर- बलियो कमान्डका लागि शुभकामना !

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...