सहकारी ठगीसम्बन्धी मुद्दाको तारेख बुझ्न रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन्

रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेर सहकारी ठगीसम्बन्धी मुद्दाको तारेख बुझेका छन् । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा तारेख बुझ्न उनी शुक्रबार दिउँसो बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका हुन् ।

देशका पाँच जिल्लामा रहेका सहकारी ठगीमा मुछिएका रविको मुद्दा अझै अदालतमा विचाराधीन छ । उक्त मुद्दामा अदालतले २ माघ २०८१ मा लामिछानेसँग ६० लाख रुपैयाँ धरौटी माग गरेको थियो । उनी सोही दिन धरौटी बुझाएर रिहा भएका थिए । 

महान्यायाधिवक्ताको कार्यालयले रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर फिर्ता लिने निर्णय गरेसँगै रुपन्देही, पोखरा, चितवन जिल्ला अदालतले फिर्ता लिएका छन् । रविविरुद्ध सहकारी ठगीको कसुर मात्र अदालतमा विचाराधीन छ ।

जिबी राईको गोर्खा मिडिया नेटवर्कमा देशका विभिन्न सहकारीको पैसा गएको र अपचलन गरेको कसुरमा रविविरुद्ध ठगी मुद्दा परेको हो । अदालतले रविलाई काठमाडौंमै विभिन्न अदालतमा रहेका तारेख बुझ्न सुविधा दिने निर्णय गरेको थियो ।

Oplus_131072

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...