गत भदौ १० गते रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनासकारी बाढीबाट प्रभावित जोशीपुर गाउँपालिकाका ९ परिवारलाई नेपाल रेडक्रस सोसाइटीले राहत सामग्री सहयोग गरेको छ। बाढीपछि आफन्त सम्पर्कविहीन भएपछि समस्यामा परेका परिवारलाई लक्षित गरी दैनिक उपभोग्य सामग्री लगाएत विभिन्न सामाग्री वितरण गरिएको हो।
रेडक्रसले प्रभावित प्रत्येक परिवारलाई चामल, खानेतेल र नुन उपलब्ध गराएको छ। त्यस्तै प्रभावित परिवारलाई नुहाउने साबुन र कपडा धुने साबुन, भुजा, मसला तथा दाल वितरण गरिएको छ। परिवारलाई चियापत्तीसमेत राहत सामग्रीका रूपमा प्रदान गरिएको छ।
बाढी तथा पहिरोका कारण रसुवा क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि रोजगारी तथा विभिन्न कामका सिलसिलामा रसुवा पुगेका जोशीपुर गाउँपालिकाका स्थानीयसमेत प्रभावित भएका थिए। केही व्यक्तिहरू लामो समयदेखि सम्पर्कविहीन भएपछि उनीहरूका परिवारमा चिन्ता र पीडा थपिएको छ।

मानवताका लागि मानवीय सेवा मा सधै समर्पित NRCS जोशीपुर उपशाखाको पहल कदमी सँगै नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापति लोकराज जोशीको पहलमा जोशीपुर गाउपालिका अध्यक्ष चित्र बहादुर चोधरी, उपाध्यक्ष रेखादेवी कठरिया, प्रमुख प्रशासकिय अधिकृत अमीत कुमार शाह र विपत् शाखाको रोहबरमा जोशीपुरका भोटेकोशी बाढी प्रभावित नौँ परिवारजनहरुलाई तत्काल अति आवश्यकिय खाद्य सामग्री वितरण गरिएको जोशीपुर विपद व्यवस्थापन शाखा प्रमुख सिता सिंहले जानकारी दिनुभयो ।
