कैलालीको बर्दगोरिया गाउँपालिका–६ का युवा समाजसेवी खेमराज जोशीले बर्दगोरिया–६ का विभिन्न टोल तथा जोशीपुर गाउँपालिका–६ का एक गरी ९ जना चौकीदारलाई साइकल वितरण गरेका छन्।
गाउँघरमा सूचना पुगाउने जिम्मेवारी निर्वाहमा सहजता ल्याउने उद्देश्यले साइकल वितरण गरिएको जोशीले बताए। समाजसेवी जोशीले यसअघि पनि सडक मर्मत तथा खेलकुद सामग्री वितरण लगायत सामाजिक कार्य गर्दै आएका थिए।
आगामी दशैं र तिहारको बीचमा युवाहरुलाई खेलमा आकर्षित गर्न खेलको विकास गर्न ‘खसी कप’ प्रतियोगिता गर्ने योजना गर्ने प्रतिबद्धता जनाएका छन्।
जोशीको सामाजिक कार्यको प्रशंसा गर्दै स्थानीय भलभन्सा, चौकीदार तथा बुद्धिजीवीहरूले धन्यवाद व्यक्त गरेका छन्।
