समाजसेवी भान बाहादुर देउवाले गरी बाढी पीडित परिवारलाई सहयोग

कैलालीको जोशीपुरमा रहेको दीपज्योति बोर्डिङ स्कुलका शिक्षक तथा समाजसेवी भान बाहादुर देउवाले भाद्र १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढी बाट ज्यान गुमाएका कैलालीको जोशीपुर गाउँपालिका वाड नम्बर २ का रामकुमार कठरियाको परिवारलाई घरमै गएर खाद्यान्न सहयोग गरेका छन्। पीडित परिवारको घरमा कमाउने अरु कोहि नभएर उनै रामकुमारको साहारामा चलेको घर अहिले साहारा बिहिन जस्तै बनेको छ। रामकुमार परिवारमा दुई छोरा छोरी एक श्रीमती र आमा रहेका थिए । छोरा रामकुमार बेपत्ता भएको खबर सुनेपछि विछिप्त भएकी आमाको समेत मृत्यु भएपछि परिवारको झन बिचल्ली भएको छ । घरमा खान लाउन समेत समस्या रहेको छ । यस्तो अवस्था देखेर समाजसेवी देउवाले केही राहात होस परिवारले आफ्नो कोही नभएको महसुस नगरोस् भन्ने सोचेर सहयोग गरेको बताएका छन्। यस्तो समयमा सबैले सक्दो सहोग गर्न समाजसेवी देउवाले अपिल समेत गरेका छन्। साथै उक्त सहयोगको समयमा उपस्थित भएका कैलाली दीपज्योति स्कुलका फाउन्डर प्रधानाध्यापक चेतराज जोशीले रामकुमारका छोरा र छोरीलाई कक्षा ८ सम्म निःशुल्क पढाउने प्रतिबद्धता समेत गरेका छन्। उक्त समयमा अन्य विभिन्न समाजसेवी व्यापारीहरु पदम साउद, विनोद चौधरी, सिद्धराज जोशी लगाएत अन्य व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...