कैलालीको गोदावरीमा अपाङ्गता भएकी महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।कैलालीको गोदावरी नगरपालिका-८ धनचौरीस्थित ३० वर्षीया शारीरिक तथा मानसिक रूपमा अपाङ्ग महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा सोही ठाउँका करिब २५ वर्षीय कृष्णराज भट्टराई पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय मालाखेती, अत्तरियाले पक्राउ गरेको छ। पीडित परिवारले भट्टराईविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दर्ता गराएका छन्।
पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ
नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...
