गृहमन्त्रालयमा गरिमा चौधरीका आमा–बुबासँग छलफल सुरु

बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीय बालिका गरिमा चौधरीका आमा–बुबासँग गृहमन्त्रालयमा छलफल सुरु भएको छ ।अहिले भर्खरै गृहमन्त्री सुधन गुरुङसहितको गृहमन्त्रालयको टोलीले र गरिमाका आमा मानमती चौधरी र बुबा मनोज चौधरीसँग छलफल सुरु गरेको छ ।छलफलका लागि आजै दिउँसो सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज र आमा मानमती काठमाडौं आएका थिए । उनीहरूसँगै केही स्थानीय अभियन्ता पनि आएका छन्
छलफलमा सहभागी हुन कृषिमन्त्री गीता चौधरी पनि गृहमन्त्रालयमा छिन् ।गरिमाको न्यायका लागि बारा, काठमाडौंलगायत देशभरका विभिन्न ठाउँमा प्रदर्शन पनि भइरहेको छ ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...