प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) शुक्रबार स्थलमार्ग हुँदै कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा आइपुगेका छन् ।
प्रधानमन्त्री शाह बस्ने इकोभिलेज अरु पर्यटककालागि बुकिङ नलिएका इकोभिलेज स्रोतले बताएको छ ।
ग्रामिण परिवेशमा रहेको अन्नपूर्ण इकोभिलेजबाट मौसम खुल्दा अन्नपूर्ण हिमश्रृंखला र पोखराको हेमजा बजारको दृश्य देखिन्छ । प्रधानमन्त्री शाह अस्ताम स्थित अन्नपूर्ण इकोभिलेज पुगिसकेको सुरक्षा निकालयले पुष्टि गरेका छन् । निजी भ्रमणमा पोखरा आएका शाह शनिबार मुस्ताङ जाने कार्यक्रम रहेको बताइएको छ ।
सडक मार्ग हुँदै पोखरा आएका शाह पोखराबाट हेलिकप्टरमा मुस्ताङ जाने गरी तयारी भएको बताइएको छ । प्रधानमन्त्रीको निजी भ्रमण भएकोले सुरक्षा निकायले समेत भ्रमणका बारेमा जानकारी नभएको बताएका थिए । पोखरा आइपुगेपछि भने सुरक्षा निकायले प्रधामन्त्री आएको जानकारी गराएकाे बताएका थिए ।
