विभिन्न जिल्लामा पहिरो : ५ जनाको मृत्यु, ९ घाइते

छिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा पहिरो जाँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । जाजरकोटमा पहिरोका कारण करिब १५० जना प्रभावित क्षेत्रमा फसेका छन् । उद्धार तथा खोजीका लागि दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि गएको पहिरोले विभिन्न बस्तीमा क्षति पुर्‍याएको छ । पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । घाइतेमध्ये करिब ५२ वर्षीय केदार कार्कीको उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । गम्भीर घाइतेलाई नेपालगन्ज र सुर्खेत तथा अन्यलाई जिल्ला अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

यस्तै, जाजरकोटकै भेरी नगरपालिका–२ फारुल्लामा शनिबार गएको पहिरोमा परी बेपत्ता भएका ५४ वर्षीय ओमसिंह खत्री र उनकी आमा रती खत्री मृत फेला परेका छन् । पहिरोमा पुरिएको अवस्थामा उनीहरूको शव आइतबार बिहान सुरक्षाकर्मीको उद्धार टोलीले फेला पारेको हो । यससँगै पहिरोपछि बेपत्ता भएका तीनमध्ये दुई जनाको शव भेटिएको छ ।बेपत्ता भएका  चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्कीकाे शव पनि फेला परेकाे छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...