आदर्श गाउँपालिकाको अध्यक्षको तयारीमा पुर्व सैनिक कमाण्डो, राष्ट्रिय खेलाडी दीपेन्द्र बहादुर खड्का

स्थानीय तहको निर्वाचनको समय नजिकिँदै गर्दा आदर्श गाउँपालिका डोटीमा पछिल्लो समय युवाहरुले नेतृत्वमा आउन चासो देखाई रहेका छन। यसैबीच आदर्श गाउँपालिका वाड १ बाँझ ककानी निवासी पूर्व सैनिक कमाण्डो दीपेन्द्र बहादुर खड्काको युवामाझ चर्चा भइरहेको छ । खड्काले पनि पार्टी संगठनले अगाडि सारेर मौका दिएको खण्डमा आफूले आफ्नो विगतको अनुभवलाई लिएर गाउँपालिकामा काम गरेर देखाउने गरी चासो दिइरहेका छन्।

पूर्व नेपाली सेनाका सैनिक कमाण्डो तथा आदर्श गाउँपालिकाबाट पहिलो राष्ट्रिय भलिबल खेलाडी रहेका खड्का पूर्व मार्सलाट खेलाडी समेत रहेका छन् । नेकपा एमालेका युवा नेता खड्का एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालमा लामो समय काम गर्दै निर्वाचित केन्द्रीय कमिटी सदस्य हुँदै डोटी जिल्ला इन्चार्ज भई जिम्मेवारी निर्वाह गरिसकेका युवा हुन । खड्का हाल नेशनल युथ फोर्सका सुप सह कमाण्डर समेत रहेका छन्। उनले विगतमा सैनिक कमाण्डो सम्हाल्दा पनि राम्रो जिम्मेवारी बहन गरेको बताइन्छ ।

नेपाली सेनामा हुँदा २०७२ सालको भूकम्पमा पीडितहरूको उद्दारमा सक्रिय रूपमा खटिएका थिए । २०८० सालको जाजरकोटको भूकम्पमा राष्ट्रिय युवा संघको नेतृत्वमा हुँदा १०० वटा घर टहरा निर्माण गर्न महत्वपूर्ण योगदान गरेका थिए। राष्ट्रिय युवासंघ कप २०८१ मा खुला पुरुष भलिवल प्रतियोगिता सम्पन्न गर्न नेतृत्वदायी भूमिका निर्वाह समेत गरेका थिए। २०८२ असार महिनामा १५ दिने समुदाय विपत स्वयम सेवक तालीमको नेतृत्वदायी र विपद् व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको बताइन्छ ।

आदर्श गाउँपालिका भुण देखि मौवा मेल्लेक सडक स्तरोन्नतिका लागि सरकारी निकायहरूमा समन्वय महत्वपूर्ण भूमिका निर्वाह समेत गरेका थिए।

विगतको विभिन्न जिम्मेवारीबोध लिँदै प्रभावकारी ढंगबाट सम्पन्न गर्दै आफ्नो नेतृत्व क्षमता देखाइसकेका खड्का युवामाझ लोकप्रिय मानिन्छन्। धेरै युवा र समाजका अगुवाहरुको सुझाव लिँदै पार्टी संगठनका सबैको मन जित्दै जिम्मेवारी लिने कुरामा खड्का भित्र भित्रै लागेको पाइन्छ।
पार्टीले जिम्मेवारी दिए चुनाव पनि जितेर पार्टीको शिर उचो हुनेगरी काम काम गर्ने उनको दाबी रहेको छ।

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...

कुटनी बुर्हिया माता धार्मिक क्षेत्र लगाएत अन्य ३ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न युवाको सुझाव

सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माणको पूर्वसन्ध्यामा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई युवाहरुले सुझाव प्रतिवेदन पेश गरेका...

बाढीप्रभावितका लागि कांग्रेसले दियो सरकारलाई १ करोड

रसुवा,नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी...

निजी क्षेत्रको मागलाई गम्भीरताका साथ सम्बोधन गर्छौँ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले होटल व्यवसायीहरूको माग स्वरोजगार र उत्पादनसँग जोडिएको विषय...

बाढीपीडितहरुसंग प्रधानमन्त्रीको प्रतिबद्धता : तपाईहरुलाई कहिल्यै अलपत्र छाड्दैनौं

प्रधानमन्त्री बालेन शाहले विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुलाई कहिल्यै अलपत्र नपार्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार...