साइबर ब्युरो पुगिन सांसद खुस्बु ओली

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले ज्यान मार्ने धम्की तथा सामाजिक सञ्जालमार्फत भएको दुर्व्यवहारविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन्।

सांसद ओलीले आफूले पछिल्ला केही सातायता संसदमा उठाएका जनचासोका विषयहरूको प्रतिक्रियास्वरूप संगठित रूपमा सामाजिक सञ्जालमा आक्रमण, गालीगलौज, चरित्रहत्या तथा घृणायुक्त अभिव्यक्तिको सामना गर्नुपरेको बताएकी छन्।

उनका अनुसार सयौँबाट सुरु भएका यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको संख्या हजारौंसम्म पुगेको छ। व्यक्तिगत मोबाइल फोन र म्यासेन्जरमा समेत बलात्कार, ज्यान मार्ने धम्की तथा भौतिक आक्रमण गर्ने अभिव्यक्तिहरू आएको भन्दै उनले केही व्यक्तिविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गराएकी हुन्।

ओलीले उजुरी दर्तापछि एक जना व्यक्ति पक्राउ परिसकेको र उनी कानुनी प्रक्रियामा रहेको जानकारी पनि दिएकी छन्।

लोकतान्त्रिक व्यवस्थामा आफ्नो विचार, धारणा वा राजनीतिक भूमिकाको कठोर आलोचना स्वीकार्य भए पनि धम्की, घृणायुक्त अभिव्यक्ति, गालीगलौज, चरित्रहत्या, हिंसाको उक्साहट तथा सामाजिक सञ्जालमार्फत हुने दुर्व्यवहार कुनै पनि हालतमा स्वीकार्य नहुने उनको भनाइ छ।

उनले टिकटक, युट्युब, फेसबुकलगायत सामाजिक सञ्जालमा आफ्नो बारेमा घृणा फैलाउने, अपमानजनक सामग्री अपलोड गर्ने, शेयर गर्ने वा त्यस्ता सामग्रीमा टिप्पणी गर्नेहरूलाई तत्काल त्यस्ता सामग्री हटाउन चेतावनी दिएकी छन्। अन्यथा कानुनी कारबाहीको सामना गर्नुपर्ने उनले उल्लेख गरेकी छन्।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...