पूर्व स्ववियु सभापति थापा रास्वपा प्रवेश 

बझाङको बझाङद्विप बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति तथा विप्लव निकट अखिल कसमाजवादीका नेता कमल थापा आज राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। पार्टीको सुदूर पश्चिम प्रदेश अधिवेशन चलिरहेको बेलामा महामन्त्री भुपदेव शाहबाट पार्टी प्रवेश गरेका हुन्। 

तत्कालीन गठबन्धनलाई परास्त गर्दै अखिल (समाजवादी) बाट निर्वाचित पूर्व स्ववियु सभापति तथा बझाङ, बाजुरा र अछामका विद्यार्थी जिल्ला इन्चार्जको भूमिका निर्वाह गरिसकेका युवा नेता कमल थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

विद्यार्थी राजनीति हुँदै सामाजिक तथा राजनीतिक आन्दोलनमा सक्रिय रहँदै आएका थापा जिल्लामा अन्याय, अत्याचार, भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर आवाज उठाउने साहसी युवाका रूपमा परिचित छन्। स्ववियु सभापतिको जिम्मेवारीमा रहँदा उनले विद्यार्थी हित, शैक्षिक सुधार तथा सामाजिक उत्तरदायित्वका विभिन्न उदाहरणीय कार्यहरू सम्पन्न गरेका कारण विद्यार्थी र आम जनसमुदायबाट प्रशंसा प्राप्त गरेका थिए।

उनको यो नयाँ राजनीतिक यात्राले सुशासन, पारदर्शिता र परिवर्तनको पक्षमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

विद्यार्थीमाझ लोकप्रिय थापा रास्वपा प्रवेश गरेपछि बझाङमा पार्टीमा थप उर्जा थपिएको रास्वपा बझाङका उम्मेद्वार शैलेश सिंहले बताएकाछन ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...