स्ववियु चुनावअन्तर्गत आज संघ संगठन दर्ता हुँदै

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावअन्तर्गत सोमबार संघ–संगठन दर्ता हुँदैछ।

चैत पाँच गते हुने स्ववियु निर्वाचनका लागि आज बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म तय गरिएको छ। बिहान पढाइ हुने ठाउँमा क्याम्पसले आफ्नो अनुकूलताका आधारमा समय तय गरेका छन्। त्यहाँको निर्वाचन समितिले नै त्यसको व्यवस्थापन गरिरहेको छ।

त्रिभुवन विश्वविद्यालयका ६१ वट आंगिक क्याम्पसमा भने दिउँसो ३ः०० बजे संगठन दर्ताको समय तोकिएको निर्वाचन समितिले जानकारी दिएको छ। निर्वाचन कार्यतालिकाअनुसार फागुन २१ गते बिहान १० बजे मतदाता नामावली प्रकाशित हुनेछ। फागुन २५ गते दिउँसो १ बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोधको समय छुट्टयाइएको छ।

फागुन २५ गते साँझ ५ बजे मतदाताको अन्तिम नामावली प्रकाशित हुनेछ। फागुन २६ गते बिहान ११ बजे देखि २ः बजेसम्म मनोनयन पत्र वितरण र फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यसूची छ। चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ः०० बजेसम्म मतदान हुनेछ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...