प्रजातन्त्र दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न÷ प्रथम रघुनाथ मा वि छात्र

कैलालीको जोशीपुरमा प्रजातन्त्र दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

नेपाली कांग्रेसको भातृ संगठन ने.वि.संघ जोशीपुर गाउँ कमिटिको आयोजनामा भएको “प्रजातन्त्र रक्षाका लागि हाम्रो भूमिका” विषयक बक्तृत्व कला प्रतियोगिता ने.वि.संघ जोशीपुर गाउँकमिटी अध्यक्ष राहुल वुढाको सभाध्यक्षता, संविधान सभा सदस्य वुद्धिसागर चौधरीको प्रमुख आतिथ्यता तथा ने.का. महासमिति सदस्य एवं जोशीपुर गाउँपालिका निवर्तमान उपाध्यक्ष गिता देवी कठरियाको विशिष्ट आतिथ्यता, ने.वि.संघ केन्द्रिय सदस्य भक्त राज देवकोटा र जिल्ला कमिटी अध्यक्ष मनिष कुँवरको उपस्थितिमा सम्पन्न भएको छ ।

प्रतियोगितामा जोशीपुर गाउँपालिका भित्रका माध्यमिक तहबाट ८ विद्यालयको सहभागिता रहेको थियो । जसमा रघुनाथ आदर्श प्राविधि नमुना माध्यमिक विद्यालयका छात्र सुशिल भण्डारी प्रथम स्थान प्राप्त गरेका छन् भने जोशीपुर हेवन गार्डेनका छात्रा प्रिया चन्द दोस्रो स्थान र सरस्वती माध्यमिक विद्यालय फाँडियाका छात्र महेश परियार तृतिय स्थान प्राप्त गरि विजय हासिल गरेका छन् ।
प्रतियोगिताका निर्णायक संयोजकमा डिल्ली राज ओझा तथा सदस्यमा जयराज जोशी र सोनी देवी बम रहेका थिए ।

नेपालको प्रजातन्त्रलाई संरक्षण गर्न हरेक नेपालीको दायित्व रहेको प्रमुख अतिथि माननिय वुद्धिसागर चौधरीको भनाई रहेको थियो । लोकपृयतावादी सिद्धान्त बोकेका नयाँ उदाउँदै गरेका पार्टी र आफ्नो कुनै सिद्धान्त तथा विचार नभएका जो अरुलाई गालि गलौच गरि नेतृत्वमा स्थापित हुन खोजिरहेकाहरुले नेपालको लोकतन्त्रलाई धरापमा पारिरहेको पनि उनको बक्तित्व रहेको थियो । “जव सम्म नेपालमा बामपन्थी कम्युनिष्टको हावि हुदै गर्दछन् तव सम्म नेपालको आर्थिक विकास हुन सक्दैन । लोकपृयतावादी सिद्धान्त बोकेका स्टन्टवाजी गर्नेहरु र बामपन्थी कम्युनिष्टहरुबाट बच्न सके मात्र यो देशको उन्नती र प्रगति हुने छ ।” उनले भने ।

एक दमै महत्वपूर्ण र गहकिला छन् भन्ने कार्यक्रमका विशिष्ट अतिथि गिता कठरियाले बताउनु भयो । वहाँले मित्र राष्ट्र भारतमा अध्ययनको शिलसिलामा गएका नेपाली विद्यार्थीहरुले भोगिरहेका पिडा र भरखरै भारतको ओडिसा राज्य स्थित TIIT मा भएको घटनालाई समेतेर परराष्ट्रमत्री आरजु राणा देउवा यथासिघ्र पहलमा जोड दिनु पर्ने पनि उनले बताईन् ।
कार्यक्रममा ने.वि.संघ केन्द्रिय सदस्य भक्त राज देवकोटा, जिल्ला कमिटी अध्यक्ष मनिष कुँवर, शिक्षक विक्रम चौधरी, जोशीपुर जेसीजका संस्थापक अध्यक्ष सन्तोष पौडेल, पत्रकार सुधराम दहित लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमका सभाध्यक्ष राहुल बुढाले आफु भरखरै ने.वि.संघ जोशीपुर गाउँकमिटीको जिम्मेवारी पाए लगत्तै यो कार्यक्रमको आयोजना गरिएको र कार्यक्रमलाई सहयोग गर्ने सम्पूर्णलाई धन्यावाद ज्ञापन सहित आगामी दिनमा साथ सहयोगको अपेक्षा सहित कार्यक्रमलाई समापन गरेका थिए। कार्यक्रमलाई जयकुमारी डंगौराले शहजीकरण गरेकि थिईन् ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...