जोशीपुरको १३ औं गाउँसभाले गर्यो विभिन्न बिधाका ब्याक्तित्वहरुलाई नगदसहित सम्मान

कैलालीको जोशीपुर गाउँपालिका गाउँकार्यपालिकाको जोशीपुर गाउँसभा तथा १३ औं अधिवेशन आजदेखि सुरु भएको छ । गाउँसभा तथा अधिवेशन जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीको सभाध्यक्षतामा सुरु भएको हो । सभामा कार्यपालिकाको बैठकको सम्पूर्ण निर्णय अनुमोदन गरिएको छ भने जोशीपुरको एकमात्र क्याम्पस रघुनाथ आदर्श बहुमुखी क्याम्पसलाई संचालन तथा व्यवस्थापनका लागि ५ लाख ५० हजार विनियोजितको निर्णय सभाले पारित गरेको छ ।

गाउँसभाले विभिन्न क्षेत्रमा कार्यरत कर्मचारी, शिक्षक, स्वास्थ्य स्वयम्सेविका र कृषकहरुलाई सम्मान गरेकोछ । सम्मान अन्तरगत कर्मचारी तर्फ जोशीपुर गाउँपालिकाका लेखापाल निर्पराज भट्टराई, वडा सचिव रुपा विष्ट, कार्यालय सहयोगी रामकृष्ण कठरियालाई सम्मान पत्र र जनही नगद रु. ५ हजारले सम्मान गरिएको छ भने शिक्षा क्षेत्र तर्फ जनप्रकाश मा.वि.मुद्धिका प्र.अ. सुरेश थारु, राष्ट्रिय मा.वि. डहरवेरियाका प्र.अ. लिलाराम ओली, वि.पि. आधारभुत विद्यालय घैलाका प्र.अ. विष्णु प्रसाद भट्टलाई पनि गाउँसभामा सम्मान पत्र र जनही नगद रु. ५ हजारले सम्मान गरिएको छ ।
त्यसैगरि अवकास भईरहेका महिला स्वास्थ्य स्वयम्सेवीकातर्फ प्राथमिक स्वास्थ्य केन्द्र जोशीपुरमा कार्यरत सुमित्रा कुश्मी, आधारभुत स्वास्थ्य इकाई झवहीमा कार्यरत चित्रा देवी चौधरी र बौनिया स्वास्थ्य चौकीमा कार्यरत रामकृष्णी डंगौरालाई जनही ३० हजार र सम्मान पत्रले सम्मान गरिएको छ। त्यसै गरि कृषक तर्फ जोशीपुर १ वडहरियाका लिलाराज चौधरी, ६ नं. वडाका लखराम चौधरी र ४ नं. खर्चुवाका रतन चौधरीलाई पनि सभाले जनही ५ हजार र सम्मान पत्रले गाउँसभाले सम्मान गरेको छ।
गाउँसभाको दोस्रो बैठक २०८१ साल फागुन २ गते विहान ९ बजे बस्ने भन्दै सभाध्यक्ष चित्र बहादुर चौधरीले गाउँसभाको पहिलो बैठक सम्पन्न गर्नु भएको छ ।
oplus_2097152
oplus_2097152

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...