
कैलालीको भजनी नगरपालिका वडा नम्बर २ कटानपुर मा रहेकोे वनदेवी सामुदायिक बनले आफ्ना उपभोक्ताहरु लाइ ३ महिने सिपमुलक कम्प्युटर तालिम हिजो शुक्रबार देखि सुरु गरेको छ ।
वडा नम्बर २ मा रहेको सामुदायिक वनले वडा नम्बर ८ र ६ गरि २९ वटा टोललाई समेटिएको छ । सामुदायिक वनले आफ्नै ट्याक्टर समेत किनेको छ र अब लगत्तै महिलालाई आत्मनिर्भर बनाउन सिपमुलक सिलाइकटाइ तालिम समेत दिने र तत्काल उपभोक्ताहरुले कम्प्युटर तालिमको माग गरेपछि २५ जनालाई जोशीपुर गाउँपालिका वडा नम्बर १ जोशीपुर बजारमा रहेको ब्राइट फ्युचर कम्प्युटर ईन्स्टिच्यु को सहजीकरण मा कम्प्युटर तालीम सुरु गरिएको छ सामुदायिक वनका अध्यक्ष बाबुराम चौधरीले बताए ।

