जन्ती बोकेको ट्याक्टर दुर्घटना जोशीपुरमा ६ जना घाइते

कैलालीको जोशीपुर गाउँपालिका मा हिजो राति करिब १० बजे जन्ती बोकेको ट्याक्टर दुर्घटना भएको छ।

जोशीपुर गाउँपालिका–५ वनकट्टामा सुदूरपश्चिम प्रदेश ०१०२००१ त १५१८ नम्बरको जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते भएको ईलाका प्रहरी कार्यलय जोशीपुरले जानकारी गराएको छ । घाईतेहरुको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टर र चालक बर्दगोरिया–२ बस्ने ३९ वर्षीय दिपक बमलाई जोशीपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...