जोशीपुरमा ट्याक्टरले च्यापिएर एक महिलाको मृत्यु

कैलालीको जोशिपुरमा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ। जोशीपुर गाउँपालिका वडा न.५ मैनपोखरी नहरमा ५० वर्षीय तेजबहादुर मौनीले चलाएको सुदूरपश्चिम प्रदेश ०१-००२ त ५२३२ नम्बरको ट्याक्टरबाट खसेर महिलाको मृत्यु भएको ईलाका प्रहरी जोशीपुरले जनाएको छ।

ट्याक्टबाट खसेर वडा  नम्बर ५  सिम्राना बस्ने ५८ वर्षीया रामपति थारुको मृत्यु भएको हो। बिहीवार साँझ करिब ७ बजेतिर उनी ट्याक्टरबाट खसेर त्रलिको टायरमा च्याप्पिएकी थिइन्। उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लैजादै गर्दा बाटोमा मृत्यु भएको ईप्रका जोशीपुरका इन्चार्ज कार्कीले जानकारी दिए। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...