भारतका पूर्व गृह राज्यमन्त्री अजय कुमार मिश्र (टेनी महाराज) माँ शक्ति स्वारुपा देबि माताको आश्रममा

oplus_2097152

कैलालीको भजनीमा रहेको माँ शक्ति स्वारुपा देबि माताको आश्रममा स्वामी गजेन्द्र भण्डारीको आशिर्वाद लिन र उनको मुख बाट आफ्नो भबिस्यबाणी लगायत हरेक समस्याको समाधानको सुनको निम्ति देशका राजा देखी लिएर पुर्व प्रधानमन्त्री ,मन्त्री ,नेपाल सरकारका उच्च तहदेखि लिएर हरेक क्षेत्रका कर्मचारी र अन्य देशका समेत आइसकेका र आउने गरेका छन् । पछिल्लो समयमा माँ शक्ति स्वरुपा देवीको र स्वामी गजेन्द्र भण्डारीको दर्शन गर्नेहरूको घुइँचो लाग्ने गरेको छ

आज मित्रराष्ट्र भारत सरकारका पुर्व केन्द्रीय गृह राज्यमन्त्री अजय कुमार मिश्र (टेनी महारज जि) एकाएक दिउँसो करिब १२ बजे माँ शक्ति स्वारुपा देवि को दर्शन गर्न पुगेका हुन ।

उनलाई स्वागत गर्न भजनी नगरपालिका मेयर ,उपमेयर ,पुर्व नेपाल सरकारका स्वास्थ्य मन्त्री एवम् नेपाली कांग्रेस का केन्द्रिय सदस्य रामजनम चौधरी , पुर्व शिक्षा राज्यमन्त्री मोहनसिंह राठोर, संविधानसभा सदस्य हरि श्रीपाइली लगायत समाजसेवी बुद्धिजीवी हरुको उपस्तिथि रहेकोे थियो ।

भारत सरकारका पुर्व केन्द्रीय गृह राज्यमन्त्री अजय कुमार मिश्र (टेनी महारज जि) माँ शक्ति स्वारुपा देबि माताको आश्रम को दर्शन गर्न आयता पनि उनलाई एक औपचारिक कार्यक्रम गर्दै स्वागत गरिएको थियो ।

कार्यक्रम लाई सम्बोधन गर्दै भारत सरकारका पुर्व केन्द्रीय गृह राज्यमन्त्री अजय कुमार मिश्रले स्वामी गजेन्द्र भण्डारीको दर्शन र माँ शक्ति स्वारुपा देवी माताको दर्शन गर्न आएको र यहाँ आइरहदा आफू नेपाल आएको जस्तो अनुभव नभई आफ्नै देश भारतको कुनै कार्यक्रममा उपस्तिथि हुन गए जस्तो महसुस भैरहेको र भजनी नगरपालिका वडा नं ५ मा रहेकोे गुलरिया घाटमा पक्की पुल निर्माणको लागि आफू लागिपर्ने र सरकारलाई समेत दबाब दिने उनले बताए ।
साथै कार्यक्रममा बोल्दै पुर्व नेपाल सरकारका स्वास्थ्य मन्त्री रामजनम चौधरीले आफू मन्त्री भएको बेला गुलरियाघाटमा पक्की पुलको लागि आफुले पहल गरेको तर भारत ले चासो नदेखाएको कारण आजसम्म पुल निर्माण हुन नसकेको बताए । यौटा सामान्य पुल नेपाल सरकारले बनाउन नसक्ने हैन । तर जहाँ उक्त गुलरियाघाट पक्की पुल निर्माण गर्नुपर्ने हो त्यहाँ आधा जमिन नेपालको र आधा जमिन भारतको पर्ने भएको कारण समस्या भएको र जबसम्म भारत सरकारले अनुमति दिदैनन् तबसम्म हामीले समेत बनाउन नमिल्ने बताए । त्यस्तै पुर्व शिक्षा राज्यमन्त्री मोहनसिंह राठोरले समेत सोही कुरालाई प्राथमिकता दिएर बोलेका थिए

साथै संविधानसभा सदस्य हरि श्रीपाइलि माँ शक्ति स्वरुपा देवी आश्रमका स्वामी गजेन्द्र भण्डारीले गर्दा आज भजनी नगरपालिका नेपालमा मात्रै नभई बिश्वब्यापी रूपमा चिनीको बताए र आफू संसद भएको बेला भजनी नगरपालिका पुर्व मेयर लाई लिएर परराष्ट्र मन्त्रालय गयर यहीँ पुलको लागि निवेदन दर्ता गरेका थियौ र नेपाल सरकारले हुन्छ भन्यो तर भारत सरकारले अनुमति नदिदा समस्या भएको भने ।

नगरपालिका नगरप्रमुख केवल चौधरी लगायतले भजनी नगरपालिका वडा नं ५ गुलरियाघाटमा पक्की पुल निर्माणका लागि जोड दिनु भएको थियो। साथै भजनी नगरपालिकाले भारत सरकारका पूर्व केन्द्रीय गृह राज्यमन्त्री अजय कुमार मिश्र (टेनी महाराज) लाई ६ बुदे ज्ञापनपत्र समेत बुझाएको छ।

उक्त कार्यक्रम माँ शक्ति स्वारुपा देबि माता भजनी नगरपालिका वडा नं ५ का स्वामी गजेन्द्र भण्डारीको अध्यक्षता संचालन भएको थियोे भने कार्यक्रमको सहजीकरण वडा नं ३ का अध्यक्ष विक्रम चौधरी र वडा नं ५ का अध्यक्ष केशव बुढाले गरेका थिए भने कार्यक्रम सञ्चालन वडा सदस्य राजेन्द्र प्रसाद खनालले गरेका थिए ।

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...

कुटनी बुर्हिया माता धार्मिक क्षेत्र लगाएत अन्य ३ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न युवाको सुझाव

सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माणको पूर्वसन्ध्यामा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई युवाहरुले सुझाव प्रतिवेदन पेश गरेका...

बाढीप्रभावितका लागि कांग्रेसले दियो सरकारलाई १ करोड

रसुवा,नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी...

निजी क्षेत्रको मागलाई गम्भीरताका साथ सम्बोधन गर्छौँ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले होटल व्यवसायीहरूको माग स्वरोजगार र उत्पादनसँग जोडिएको विषय...