शेखर कोइराला बेलायत जाँदै

नेपाली कांग्रेसका नेता शेखर कोइराला बेलायत जाने भएका छन्।

बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यसतर्फ जाने भएका हुन्।

बेलायतको मिनी संसद(वेस्ट मिनिस्टर) मा जनवरी १३ मा नेता कोइरालाले सम्बोधन गर्ने कार्यक्रम रहेको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले सार्वजनिक गरेका हुन

संसदको त्यो कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा बाणिज्य मन्त्रीका साथै वेलायती सांसदहरूको उपस्थिति रहने छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...