रोजगारीका लागि शिक्षासँगै सीप अपरिहार्य

मानिस जीवन जिउनका लागि अनेक कर्म गरिरहेको हुन्छ। तर, उससँग आवश्यक शिक्षा र सीप नभएमा पर्याप्त सफलता मिल्दैन। यो विज्ञान र प्रविधिको युग हो। प्रविधिको भरपुर सदुपयोग गर्दै गुणस्तरीय सीपबाट आजका मानिस मनग्य आम्दानी गरिरहेका हुन्छ। त्यसका लागि शिक्षा र सीप आवश्यक हुन्छ।

सीप हुँदा मनोसामाजिक रूपमा आइपर्ने तनावको व्यवस्थापन गर्न सक्ने क्षमता वृद्धि हुन्छ। सीपले सकारात्मक परिवर्तनका लागि व्यक्तिको भूमिका प्रभावकारी बनाउन सहयोग पुर्‍याउँछ। विश्व स्वास्थ्य संगठनले जीवनोपयोगी सीप व्यक्तिको दैनिक जीवनमा आइपर्ने माग र चुनौतीको सामना गर्दै प्रभावकारी रूपमा सामञ्जस्य गर्ने सकारात्मक तथा सक्षम बानी, व्यवहार भएको जनाएको छ। त्यसैले यस्ता सीपको सही प्रयोग गर्न शिक्षा चाहिन्छ। त्यसैले शिक्षा र सिपबीच नङ-मासु झैँ अन्तरसम्बन्ध छ।

ज्ञान कला हो। ज्ञानको सही सदुपयोगले प्राकृतिक स्रोत र साधनको उचित उपयोग तथा उपभोग गर्न सकिन्छ। ज्ञान सामाजिक, राजनीतिक एवं वातावरणीय दृष्टिले सम्भाव्य छ। मानव सभ्यतासँगै हुर्कंदै आएको ज्ञानले मानिसलाई सफल बनाउन सहयोग पुर्‍याउँछ।

कृषिको उदाहरण दिँदै शिक्षा र सीपको थोरै चर्चा गरौं। पुरानै ढंगले कृषि कर्म गर्नु सामान्य कुरा भयो। त्यसले राम्रो उत्पादन पनि दिँदैन। माटोको उर्वराशक्ति बढाउन, जलस्रोतको संरक्षण, बालीका रोग–कीरा नियन्त्रण र मानव स्वास्थ्यको सन्तुलन कायम गर्ने सम्बन्धी शिक्षा भयो र नवीन प्रविधिको प्रयोगले कृषि गरियो भने त्यसले उत्पादनमा वृद्धि गर्छ। र, मानव जीवनयापनमा ठूलो टेवा पुर्‍याउँछ।

म थोरै आफ्नै जब सर्भिस सर्भिसको कुरा गर्न चाहन्छु। मैले विगत ६ वर्षदेखि हायर मी सर्भिस प्रालिबाट जब प्रदान गर्दै आएको छु। मेरोमा यो अवधिमा हजारौं व्यक्ति जागिरका लागि आउनु भएको छ। तर, चाहेर पनि मैले सबैलाई जागिरमा पठाउन सकिनँ।

उहाँहरू समस्यामा हुनुहुन्थ्यो, कामको निकै आवश्यकता थियो। तर, सम्बन्धित क्षेत्रको ज्ञान थिएन। त्यस्ता थुप्रै व्यक्तिलाई चाहेर पनि काम लगाउन सकिन्न। यस्तो भनिरहँदा सुरुमै त कसलाई ज्ञान हुन्छ भन्ने प्रश्न उठ्ला। तर, आफूले काम गर्ने विषयमा थोरै व्यवहारिक ज्ञान हासिल गरेकै हुनुपर्छ।

रिसेप्सनमा काम खोज्ने मानिसले सामान्य त्यसका भौतिक ज्ञान प्राप्त गरेको हुनुपर्छ। लेखापालमा काम गर्ने मानिसलाई त्यसको ज्ञान हुनुपर्छ। डेबिट-क्रेडिट बुझेको हुनुपर्छ। बिलिङ गर्न सक्ने, कर सम्बन्धि सामान्य ज्ञान भएको हुनुपर्छ। जो पायो त्यहीलाई राख्दा व्यवसाय वा कम्पनी घाटामा जान सक्छ। त्यसैले उद्यमशीलताका लागि ज्ञान आवश्यक छ।

पछिल्लो समय त नेपालबाट वर्षेनी लाखौं युवा रोजगारीका लागि बिदेसिने गरेका छन्। त्यसरी बाहिर रोजगारीका लागि जाँदा पनि सीप अपरिहार्य छ। सीप सिकेर विदेश जाँदा तलब बढी प्राप्त हुने, जाँदा लाग्ने रकम कम हुने तथा सुरक्षित काम गर्ने अवसर पाइने हुन्छ।

म त भन्छु- शिक्षालाई हेर्ने दृष्टिकोण नै फेरिनुपर्छ। शिक्षालाई डिग्री प्राप्त गर्ने विषयका रूपमा मात्र अर्थ्याइनु हुँदैन। यसको महत्त्व सीपसँग जोडिनुपर्छ। थेउरिटीकलभन्दा व्यवहारिक पक्षमा बढी केन्द्रित हुनुपर्छ। सर्टिफिकेट डिग्री गरेको छ।

तर, त्यसको व्यवहारिक ज्ञान भएन भने कुनै अर्थ हुँदैन। यसले विकास र समृद्धिमा अवरोध सिर्जना गर्छ। नेपालको वैदेशिक रोजगारमा गएकाहरूले पठाएको रेमिट्यान्सले ठूलो भूमिका खेलेको छ।

अर्को कुरा, शिक्षा कसैको सिद्धान्त, विचार, धारणा घोक्नु मात्र होइन। शिक्षा सिर्जनात्मक र समालोचनात्मक क्षमता अभिवृद्धि गर्ने माध्यम हो। रोजगारमूलक गुणस्तरीय शिक्षा आजको अपरिहार्य हो। जीवन निर्वाहका लागि आवश्यक ज्ञान, सीप, अभिवृत्ति तथा समालोचनात्मक चेत विकास गर्न सघाउने शिक्षाको रूपमा रोजगारमूलक शिक्षालाई विश्लेषण गरिन्छ।

व्यक्तिको शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक, बौद्धिक विकास गर्दै दैनिक जीवनलाई सुखी एवं स्तरीय बनाउन निश्चित सीपको विकास गर्न दिइने शिक्षालाई गुणस्तरीय शिक्षा भनिन्छ। नेपालको शिक्षा प्रणालीमा ज्ञान, सीप र अभिवृत्ति लब्धांकपत्रमा सीमित छ। रोजगारमूलक शिक्षाले स्वरोजगार सिर्जना गर्न सघाउँछ। उद्यमशील बनाउँछ।

(लेखक हायर मि सर्भिस प्रालिका प्रबन्ध निर्देशक हुन्।)

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...