बर्दगोरिया ४ नम्बर वडा द्वारा महिलालाई सिलाइ कटाइ तालिम

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ द्वारा महिलालाई ६ महिने निसुल्क सिलाइ कटाइ तामिल सञ्चालन गरिएको छ । आज पुष १६ गते मंगलबार एक औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो।

तालिम ६ महिनासम्म सञ्चालन गरिने र वडाका २२ जना महिलाहरु तालिममा सहभागी रहेको उक्त वडाका अध्यक्ष जगत बहादुर शाहीले बताए।

उनका अनुसार तालिममा दलित, सीमान्तकृत, विपन्न तथा एकल महिला र यसअघि तालिम नलिएकाहरुलाई समेटिएको छ।

वडामा भएका बेरोजगार युवा युवाहरूलाई विभिन्न सीप मुलुक तालीम दिएर स्वरोजगार बनाउने अध्यक्ष शाहिको लक्ष्य रहेको छ । लगत्तै कार ड्राइभिङ पनि सुरु हुने बताए

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...