पुष १५ को अवसरमा खुल्ला व्याडमिन्टन प्रतियोगिता÷कैलाली देखि बाँके सम्मका खेलाडीहरुको सहभागिता

सुधराम दहित ✍️✍️
कैलालीको जोशीपुरमा पुष १५ को अवसरमा व्याडमिन्टन प्रतियोगिता आजबाट सुरु भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” मूल नारा रहेको व्याडमिन्टन प्रतियोगिता जोशीपुर बजार व्याडमिन्टन समितिको आयोजनामा भईरहेको छ । ११ हजार नगद र मेडल ट्राफि प्रथम पुरस्कार, ७ हजार र मेडल ट्रफी दोस्रो पुरस्कार र ३ हजार नगद र मेडल ट्राफी तेस्रो पुरस्कार रहेको प्रतियोगितामा ५५ टिमको सहभागिता जनाएको कार्यक्रमका सभापति कृष्ण बहादुर चौधरीले बताउनु भयो । ईलाका प्रहरी कार्यालय जोशीपुरको खेलमैदानमा भईरहेको खेल प्रतियोगितालाई वडा नं. १ का वडा अध्यक्ष रामचन्द्र चौधरीले समुदघाटन गर्नु भएको हो । प्रतियोगितामा कैलाली, बर्दिया र बाँके सम्मका खेलाडीहरु प्रतिस्पर्धामा रहेका छन् ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...