पुष १५ को अवसरमा खुल्ला व्याडमिन्टन प्रतियोगिता÷कैलाली देखि बाँके सम्मका खेलाडीहरुको सहभागिता

सुधराम दहित ✍️✍️
कैलालीको जोशीपुरमा पुष १५ को अवसरमा व्याडमिन्टन प्रतियोगिता आजबाट सुरु भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” मूल नारा रहेको व्याडमिन्टन प्रतियोगिता जोशीपुर बजार व्याडमिन्टन समितिको आयोजनामा भईरहेको छ । ११ हजार नगद र मेडल ट्राफि प्रथम पुरस्कार, ७ हजार र मेडल ट्रफी दोस्रो पुरस्कार र ३ हजार नगद र मेडल ट्राफी तेस्रो पुरस्कार रहेको प्रतियोगितामा ५५ टिमको सहभागिता जनाएको कार्यक्रमका सभापति कृष्ण बहादुर चौधरीले बताउनु भयो । ईलाका प्रहरी कार्यालय जोशीपुरको खेलमैदानमा भईरहेको खेल प्रतियोगितालाई वडा नं. १ का वडा अध्यक्ष रामचन्द्र चौधरीले समुदघाटन गर्नु भएको हो । प्रतियोगितामा कैलाली, बर्दिया र बाँके सम्मका खेलाडीहरु प्रतिस्पर्धामा रहेका छन् ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...