
कैलालीको भजनी नगरपालिका वडा नम्बर २, मा रहेकोे वन देवि सामुदायिक बनको १६ औं साधारणसभा हिजो एक कार्यक्रम का बीच सम्पन्न भएको छ

संस्था का अध्यक्ष बाबुराम चौधरीको सभा अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि कैलाली क्षेत्र ३ का संघीय संसद गंगाराम चौधरी विशिष्ट अतिथि भजनी नगरपालिका मेयर केवल चौधरी अतिथि सब डिबिजन बन कार्यालय भजनीका लाल बहादुर बि क , सामुदायिक बन समन्वय समिति संयोजक खोजराम चौधरी ,वरिष्ठ डल्फिन संरक्षण क्रमि बिजय श्रेष्ठ ,चरा संरक्षण कर्मी हिरु चौधरी , छिमेकी सामुदायिक बनका अध्यक्ष एवम् प्रतिनिधि ,लगायत कार्यक्रममा वनले समेटिएको क्षेत्र भजनी नगरपालिका वडा नम्बर २,६,८, का भलमन्सा सामुदायिक स्कुलका प्र अ समाजसेवी बुद्धिजीवी को कार्यक्रममा उपस्थिति रहेकोे थियो ।

कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि माननीय गंगाराम चौधरीले म तीन पक्ष्यमा मात्रै बोल्छु भन्दै सुरुमा हामी आउँदै गर्दा यस् सामुदायिक वनमा अख्तियार थियो । म सोयम यस् सामुदायिक बनको सल्लाहकार को रूपमा काम गरेको छु हामीले सुरुको २ बर्ष लगातार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुर धाएका थियौ त्यो अख्तियार लाई सहयोग गरि हटायौ अख्तियार हटाउने बितिकै यो सामुदायिक वन जिल्लामा प्रथम भएको थियोे । अहिले यो जिल्ला प्रथम गर्ने कार्य डिभिजन बनले हटाइसकेको छ । सब डिभिजन बन कार्यलय भजनी अन्तर्गत पर्ने सामुदायिक बन हरु मध्य अहिलेसम्म अतिक्रमण नभएको सामुदायिक बन भनेको वन देवी सामुदायिक बन हो । अहिलेसम्म सामुदायिक बनमा महोत्सव गर्ने सामुदायिक बन भनेको यहीँ हो । सबैभन्दा धेरै उपभोक्ता भएको सामुदायिक बन यहीँ हो । आज ५१२ हेक्टर मा हामीले ३६ सय देखि ४ हजार उपभोक्ता लाई काठ पुगाएको छौँ ,तर अरु समुदायमा २ सय ३ सय उपभोक्ता छन् १ हजार हेक्टर क्षेत्रफल रहेकोे छ तर त्यहाँ काठ दाउरा पुगाइसकेका छैनन् । हामीले कामको मुल्यांकन गर्ने हो आर्थिक मात्रै हेर्ने हैन , आर्थिक हेर्नुपर्छ आज यो सामुदायिक बनले यौटा टेक्टर किनेको छ धेरै राम्रो उपलब्धि हो । हामीले हाम्रो पालामा बुद्धि पुगाउन सकेनौं अहिले बाबुराम जि ले बुद्धि पुगाउनु भएको छ हामीले मानुपर्छ अहिलेको कार्यसमिति लाई निकै राम्रो काम गरिरहेको छ । यस् सामुदायिक वनले नियमित रूपमा सार्वजनिक सुनुवाइ गर्दै आएको छ । आज यस् सामुदायिक बनले महिलाहरू लाई आर्थिक स्थिति सुधार गर्न दुनाटपरी बनाउने तालिम दिएर उक्त कार्य गर्दै आएको समेत बताए ।

यस सामुदायिक बनलाइ हामीले सुरुमा बचाएका थियौं आज त्यसैगरी निरन्तर अगाडि बढिरहेको छ । हरियो बन नेपाल को धन जतिखेर भनिन्थ्यो नेपाल सरकारले बनलाइ जब बचाउन सकेन त्यसपछि सामुदायिक बनको अवधारणा आयो त्यस् पछि सामुदायिक बन यौटा प्रगतिको रुपमा अगाडि बढ्दै गयो अहिले नेपालले सामुदायिक बन बनाउदा नेपाल हरियाली भएको छ त्यस् बाफत आज बिदेशी मुलुक हरुले हाम्रो देशलाई अरबौ रुपैयाँ कर तिर्दै आइरहेका छन् त्यसबाट आएको लगानी आज कहाँ गइरहेको छ कहाँ लगानी भैरहेको छ ।हामी पनि जान चाहान्छौ तर हामीले अहिलेसम्म थाहा पाएका छैनौं । हामीले बन लाइ बचाउन विभिन्न उपाय खोज्नुपर्छ हामीले विभिन्न तरिकाले सामुदायिक वनलाई बचाउनु पर्छ । हामिले पुरैना तालको कुरा गरिरहदा साथीहरू पुरैना तालको रेखांकन सिमाङ्कन त गरेउ तर त्यहाँका केही अराजक ब्याक्तिहरुले नराम्रो किसिमले प्रस्तुति भएर हमला गर्न खोजेका पनि हुन हेर्नुस् त्यतिबेला हामीलाई बचाउने उपाय कसैले खोजिदिनु भएनन् त्यसैले अब सम्पूर्ण सामुदायिक वनका साथीहरू प्रदेश सरकार र संघीय सरकार लागेर अब त्यो पुरैना ताललाइ बनाउनुपर्छ र पर्यटन स्थल बनाउनुपर्छ भनेर हामी लागिरहेका छौँ । हामी हाम्रो यस भजनी नगरपालिकालाई धनगढी उपमहानगरपालिका सँग तुलना गर्छौ आज हाम्रो नगरपालिका बनेको जम्मा ७ बर्ष मात्रै भयो के ७ बर्ष पुरै बिकाश सम्भावना छ धनगढी उपमहानगरपालिका बनेको आज कति बर्ष भयो त्यहाको बजेट र हाम्रो बजेट कति फरक छ । अनि हामीलाई सामाजिक संजालमा गाली गरेर यस् नगरपालिका को बिकास हुन्छ यसरी जुनसुकै पाटी बाट नगरपालिका मेयर जितेर आय पनि बिकाश सम्भव नरहेको बताए मलाई सामाजिक संजाल मा गाली गर्नु भन्दा सुझाव दिनुस् कसरी नगरपालिकालाई बिकाश मुखी बनाउन सकिन्छ भनेर त्यस्तर्फ कसैको ध्यान छैन बस् एकहोरो बिकास भएनन् भनेर मलाई गाली गर्दै बसेका छन् तर मैले त्यस् गाली लाई समेत सकारात्मक लिएको उनले भने ।

त्यस्तै सब डिभिजन बन कार्यलय भजनी का प्रमुख लाल बहादुर बि क ले उपभोक्ताहरुबाटै सामुदायिक वन जोगाउन संस्था सदैव कटिवद्ध रहेको तर उपभोक्ताहरुले नै वन अतिक्रमण तथा वन कटानीमा सरिक भएकोले वर्तमान समयमा वन जोगाउनमा कठिन भईरहेको वहाँले बताउनु भयो । “संस्थाको प्रयासले मात्र वन संरक्षण हुन सक्दैन, जव सम्म उपभोक्ताहरुले वन संरक्षणमा हातेमालो गर्दैनन् । वहाँले भन्नु भयो ।”



त्यस्तै चरा संरक्षण कर्मी हिरु चौधरीले आज यो सामुदायिक बन कैलालीको नमुना को रूपमा पाउने गरेका छौँ ।आज यो सामुदायिक वन यहाँ सम्म पुगाउन धेरै को हात रहेको छ

छिमेकी सामुदायिक वनको तर्फबाट हरियाली पार्वती सामुदायिक वनका अध्यक्ष राहुल बुढाले नगरपालिकाले सामुदायिक वन भित्र रहेका पोखरी हरु आफ्नो मातहतमा लिएर सामुदायिक वनलाई पछिल्लो समयमा आर्थिक भार पढिरहेको समेत बताए नगरपालिकाले पुन्ह पोखरी हरु सामुदायिक वनको मातहतमा रहने गरि दिनुपर्ने बताए नत्र नगरपालिकाको बिकास सम्मव रहेकोे समेत जानकारी गराए नत नगरपालिकाले ठेकेदार सँग बक्यौता रकम असुल अहिलेसम्म असुल सकेको छैनन् अर्थात नगरपालिकामा राजस्व अहिलेसम्म संकलन गर्न सकेको छैन के फाइदा छ यस् बाट नगरपालिकालाई र यस् क्षेत्रका जनता उपभोक्ता लाई नगरपालिकाले समयमै ध्यान दिनुपर्ने बताए ।

वार्षिक साधारण सभामा संस्थाका कार्यलय सचिव लक्ष्मण चौधरीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । आ.व. २०८०÷०८१ को ४८ लाख ५७ हजार २ सय ८५ रुपैया बराबरको आय व्यय प्रस्तुत गरिएको थियो ।








