जोशीपुर गाउँपालिका वडा नम्बर ६ द्वारा निशुल्कलोकसेवा तथा शिक्षकसेवा कक्षा सुरु

कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ६ द्वारा आज देखि निशुल्क ७५ दिने लोकसेवा तथा शिक्षकसेवा तयारी कक्षा संचालन गरिएको छ ।

आज एक कार्यक्रम को आयोजना गरि निसुल्क लोकसेवा तयारी कक्षा उद्घाटन गरिएको हो । जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखा देवि कठरिया ले ब्यानर बाच्न
गरि कार्यक्रम को उद्घाटन गर्नुभएको थियोे ।जोशीपुर गाउँपालिका वडा नम्बर ६ द्वारा लोकसेवा कक्षा संचालन भएता पनि गाउँपालिका भित्रका लोकसेवा पढ्न चाहाने बिद्यार्थीहरु को आकांक्षा मध्यनजर गर्दै लोकसेवा कक्षा संचालन गरिएको हो ।
वडा को आर्थिक वर्ष २०८१/०८२ को विनियोजित बजेट बाट पालिका भरिकै प्रशिक्षार्थीहरुलाई छनौट गरी आजदेखि तयारी कक्षा सुरु भएको हो ।

वडा नं ६ का अध्यक्ष भोजराज डगौराको अध्यक्षतामा भएको उद्घाटन समारोहका प्रमुख अतिथी जोशीपुर गाउँपालिकाकी उपाध्यक्ष रेखा देवी कठरिया रहनु भएको थियो । विशिष्ट अतिथी जोशीपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगाना , अतिथि प्रशासन प्रमुख मिनराज कठरिया ,वडा सदस्य , लगायत राष्ट्रिय मा वि लोखरीका प्र अ तर्कराज कपाडी रहनु भएको थियो

जोशीपुर गाउँपालिकाभरिका जम्मा ३५ जना सहभागिता रहेको लोकसेवा तथा शिक्षकसेवा तयारी कक्षा जोशीपुर ६ को लोखरीमा ७५ दिन सम्मका लागि सञ्चालन हुने वडा अध्यक्ष भोजराज डगौराले बताउनुभयो ।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...