
कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ६ द्वारा आज देखि निशुल्क ७५ दिने लोकसेवा तथा शिक्षकसेवा तयारी कक्षा संचालन गरिएको छ ।
आज एक कार्यक्रम को आयोजना गरि निसुल्क लोकसेवा तयारी कक्षा उद्घाटन गरिएको हो । जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखा देवि कठरिया ले ब्यानर बाच्न
गरि कार्यक्रम को उद्घाटन गर्नुभएको थियोे ।जोशीपुर गाउँपालिका वडा नम्बर ६ द्वारा लोकसेवा कक्षा संचालन भएता पनि गाउँपालिका भित्रका लोकसेवा पढ्न चाहाने बिद्यार्थीहरु को आकांक्षा मध्यनजर गर्दै लोकसेवा कक्षा संचालन गरिएको हो ।
वडा को आर्थिक वर्ष २०८१/०८२ को विनियोजित बजेट बाट पालिका भरिकै प्रशिक्षार्थीहरुलाई छनौट गरी आजदेखि तयारी कक्षा सुरु भएको हो ।
वडा नं ६ का अध्यक्ष भोजराज डगौराको अध्यक्षतामा भएको उद्घाटन समारोहका प्रमुख अतिथी जोशीपुर गाउँपालिकाकी उपाध्यक्ष रेखा देवी कठरिया रहनु भएको थियो । विशिष्ट अतिथी जोशीपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगाना , अतिथि प्रशासन प्रमुख मिनराज कठरिया ,वडा सदस्य , लगायत राष्ट्रिय मा वि लोखरीका प्र अ तर्कराज कपाडी रहनु भएको थियो
जोशीपुर गाउँपालिकाभरिका जम्मा ३५ जना सहभागिता रहेको लोकसेवा तथा शिक्षकसेवा तयारी कक्षा जोशीपुर ६ को लोखरीमा ७५ दिन सम्मका लागि सञ्चालन हुने वडा अध्यक्ष भोजराज डगौराले बताउनुभयो ।