भीम रावल कारबाही प्रकरणः निर्णय सच्याउनुको विकल्प छैन, झपट रावल

पार्टीबाट निष्कासन गर्ने केन्द्रीय सचिवालयको निर्णयविरुद्ध एमाले पूर्वउपाध्यक्ष भीम रावल औपचारिक प्रतिवादमा उत्रने भएका छन् ।

दुई–तीन दिनभित्र पत्रकार सम्मेलन गरेर आफूमाथि लागेका आरोपको खण्डन र प्रतिवाद गर्ने तथा आगामी कदम सार्वजनिक गर्ने उनको तयारी छ। पार्टीबाट निष्कासन गरिएपछि केन्द्रिय सदस्य झपट रावलले भनेका छन, ‘हिजोका दिनमा अध्यक्षले नै पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यासको नीति अगाडि सार्नुभो, अभ्यास पनि भयो। तर, आज उहाँले नै अध्यक्षमा लडेकै कारण भीम रावललाई जिम्मेवारीविहीन बनाउनुभयो र अन्ततः पार्टीविहीन बनाएर निकाल्नुभो।

त्यसैले यो गम्भीर र दुःखद निर्णय हो। उहाँमाथिको कारबाही आन्तरिक लोकतन्त्रको हिसाबले बेठिक छ। यसले सुदूरपश्चिममा मात्र होइन, देशभरि ठुलो क्षति पुग्न सक्छ। उहाँ पार्टी नछाड्ने पक्षमा हुनुहुन्थ्यो, हामीले पनि त्यही आग्रह गरिरह्यौँ। तर, पार्टीबाटै निकालेपछि अब उहाँसामु धेरै विकल्प छैनन्।’

त्यसैले पार्टीले निर्णय सच्याउनेबाहेक अरू कुनै विकल्प नभएको पार्टीका केन्द्रिय सदस्य झपट रावलले बताए। मलाई भीम रावलमाथिको कारबाहीभन्दा पनि पार्टीभित्र आन्तरिक लोकतन्त्रको वकालत गर्ने अध्यक्षले नै यस्तो अप्रिय निर्णय सच्याउनुभएन भने जीवनको उत्तराद्र्धमा मात्र होइन, इतिहासले उहाँमाथि अन्यथा मूल्यांकन गर्ला कि भन्नेचाहिँ ठुलो चिन्ता छ। हामीले विचार नमिल्नेहरूलाई त पार्टी बलियो बनाउने भन्दै भित्र्याइरहेका छौँ भने रावललाई निकाल्दा विरोधीले के आरोप लगाउँछन्?

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...