खुल्ला फुटबल प्रतियोगिता हुने

कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ७ मा रहेको बौनिया BYc युवा क्लबले फुटबल प्रतियोगिता आयोजना गरेको छ।

सुदुरपश्चिम प्रदेश बासीहरुको मौलिक चाड ‘पुसे पन्ध्र’ तथा गुरूङ समुदायको  पर्व ‘तमू ल्होसार’को शुभ अवसरमा स्वास्थ्यको लागि खेल राष्ट्रको खेल भने मुल नाराका साथ फुटबल प्रतियोगिता आयोजना गरेको संयोजक मिलन हमाल ले बताए ।

टिम दर्ता पुष १० गतेदेखि पुष १४ गते दिउँसो २ बजेसम्म मात्रै रहने छ साथै टिम दर्ता शुल्क १५०५ रुपैयाँ रहेको छ भने टिममा प्रशिक्षक सहित १६ जना रहन पाउने छन् ।

प्रथम हुने टिमलाई नगद ३०, तीस हजार नगदसहित ट्राफि र प्रमाणपत्र ,, दोस्रो, हुने टिमलाई नगद १५ ,पन्ध्र हजार नगदसहित ट्राफि दिने घोषणा गरिएको छ । खेल जोशीपुर गाउँपालिका वडा नम्बर ७ मा रहेकोे रघुनाथ आदर्श मा बि को खेलमैदानमा खेलाइने छ भने खेल पुष १५ गते दिउँसो १ बजे उद्घाटन हुनेछ ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...