खुल्ला फुटबल प्रतियोगिता हुने

कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ७ मा रहेको बौनिया BYc युवा क्लबले फुटबल प्रतियोगिता आयोजना गरेको छ।

सुदुरपश्चिम प्रदेश बासीहरुको मौलिक चाड ‘पुसे पन्ध्र’ तथा गुरूङ समुदायको  पर्व ‘तमू ल्होसार’को शुभ अवसरमा स्वास्थ्यको लागि खेल राष्ट्रको खेल भने मुल नाराका साथ फुटबल प्रतियोगिता आयोजना गरेको संयोजक मिलन हमाल ले बताए ।

टिम दर्ता पुष १० गतेदेखि पुष १४ गते दिउँसो २ बजेसम्म मात्रै रहने छ साथै टिम दर्ता शुल्क १५०५ रुपैयाँ रहेको छ भने टिममा प्रशिक्षक सहित १६ जना रहन पाउने छन् ।

प्रथम हुने टिमलाई नगद ३०, तीस हजार नगदसहित ट्राफि र प्रमाणपत्र ,, दोस्रो, हुने टिमलाई नगद १५ ,पन्ध्र हजार नगदसहित ट्राफि दिने घोषणा गरिएको छ । खेल जोशीपुर गाउँपालिका वडा नम्बर ७ मा रहेकोे रघुनाथ आदर्श मा बि को खेलमैदानमा खेलाइने छ भने खेल पुष १५ गते दिउँसो १ बजे उद्घाटन हुनेछ ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...