नेपालको निजामती सेवामा द्वन्द व्यवस्थापन

निजामती सेवामा द्वन्द व्यवस्थापन

दुई वा दुई व्यक्ति र संगठनबिच विचार र व्यवहारमा हुने फरकपनाका कारण मनोमालिन्यता शिर्जना भएको अवश्था नै द्वन्द हो। द्वन्द संगठनभित्र र संगठन बाहिर दुवै तहमा हुने गर्दछ।द्वन्द राजनीतिक,प्रशासनिक,धार्मिक साँस्कृतिक,मनोविज्ञान र आर्थिक कारणबाट देखा पर्दछ। जुनसुकै कारणबाट द्वन्द देखा परेता पनि त्यस्को सही व्यवस्थापन गर्न सकियो भने त्यो सिर्जनात्मक हुन्छ। तर व्यवस्थापन गर्न सकिने भन्दा ठुलो द्वन्दले विध्वंश ल्याउँछ।                                   

नेपालमा निजामति सेवा ऐन बमोजिम तोकिएका नेपाल प्रशासन सेवा,ईन्जिनियरिङ सेवा,बन सेवा,लेखा परिक्षण,न्याय सेवा,कृषी सेवा,शिक्षा सेवा,परराष्ट्र सेवा,आर्थिक योजना तथा तथ्याङ्क सेवा,नेपाल विविध सेवा गरी १० वटा सेवा र छुट्टै ऐनद्वारा व्यवस्थित नेपाल संसद सेवा र स्वास्थ्य सेवा गरी १२ वटा सेवामा स्थायि र करार गरी डेढलाख भन्दा बढी कर्मचारी कार्यरत रहेका छन्।विविधताले भरिएको निजामती परिवारमा द्वन्दको उपस्थिति हुनु स्वभाविक हो।

नेपालको निजामती सेवामा हुने द्वन्दका परिदृष्य

 केही निजामती कर्मचारीहरु भौगोलिक हिसाबले दुर्गम र आर्थिक हिसाबले दुर्बल स्थान र अड्डामा काम गर्नुपर्ने वाध्यता र केही कर्मचारी भौगोलिक हिसाबले सुगम र आर्थिक हिसाब अब्बल अड्डामा बसिरहने बिचको विभेदले द्वन्द सिर्जना गरेको छ।
 संगठन भीत्र हाकीमलाई रिझाउने,चाप्लुसी गर्ने हाकीमको प्यारो बन्न सहपकर्मीको कुरा लगाउने र दुनियाको मतलब नगरी काममा रमाउने बिचमा द्वद्द रहेको छ
 ट्रेड युनियनको नाममा नेता बनि मै हुँ भन्ने र मोफसलमा बसेर आम रुपमा  रहने थाङ्ने कर्मचारी बिच द्वन्द रहेको छ।
 राजनीतिक दलको झण्डा बोकी उनैको गुनगान गाउने र त्यस्तो नगर्नेबिच द्वन्द रहेको छ।
 बिभिन्न सेवा समूहबिच तँ राम्रो की म राम्रो भन्ने द्वन्द रहेको छ।
बिभीन्न सरकारी सेवाका कर्मचारीको मर्यादाक्रम र मर्यादा क्रमअनुसार वेतन कायम  नभएको भन्ने द्वन्द रहेको छ।

पैसा कमाउने र नकमाउनेबिचमा द्वन्द रहेको छ।

·       ठुलो पदका कर्मचारीले साना पदका कर्मचारीलाई बिभेद गरेका कारण द्वन्द देखापर्ने गरेको छ।

·       बिभिन्न भाषा,धर्म,संस्कृति ,समुदायको उपस्थिति बढ्दै जाँदा उनिहरुको विचार,सिद्दान्त,व्यवहार,संस्कारमा भएको फरकपनाले द्वन्द सिर्जना गरेको छ।

नेपालमा द्वन्द व्यवस्थापनको अवश्था

नेपालको निजामती सेवामा द्वन्दलाई द्वन्द व्यवस्थापनको परम्परागत उपागमको आधारमा विश्लेषण गर्ने गरिन्छ । कुनै पनि समय, अवस्था, परिस्थिति र मूल्यमा संगठनमा द्वन्दको जन्मलाई वैधानिकता दिनु हुदैन भन्ने मान्यता हावी रहेको छ । द्वन्द अनावश्यक भन्ने संस्कारमा विकसित हुँदै गएको निजामती सेवामा यसैका कारण द्वन्द व्यवस्थापनबाट आर्जन गर्न सकिने लाभको उपयोग हुन सकेको छैन । फलतः द्वन्द भूसको आगो झै भित्र भित्रै सल्किरहेको छ । संगठनको प्रभावकारिता, कर्मचारीको कार्यकुशलता, उत्पादकत्व र उत्प्रेरणाको स्तर न्यून वनिरहेको छ । निजामती सेवाको कार्यक्षेत्र, राजनीतिज्ञ र प्रशासकविचको अन्तर्सम्बन्ध, सामयिक वृत्ति विकास प्रणाली, सुविधा वितरणमा हुने गरेको अनियमितता, नातावाद, कृपावाद, अविवेकी नियन्त्रण प्रणाली, वेतनमानको असमानता जस्ता द्वन्दका जराहरु निजामती सेवामा खुल्ला किताब झै रहेका छन् । उपरोक्त प्रकारका द्वन्दका आधारहरु रहेता पनि द्वन्दको व्यवस्थापन प्रभावकारी रुपमा नगरिने प्रवृत्तिले स्वस्थ्य प्रकृतिको द्वन्दलाई अवसरमा बदल्न र प्रतिष्पर्धात्मकता अभिवृद्धि गर्न द्वन्द व्यवस्थापन गर्ने संस्कारको विकास नहुनाले नै द्वन्द व्यवस्थापन प्रणाली नेपालको निजामती सेवामा अभावको रुपमा सधैँ खट्किरहेको छ ।

निजामती सेवामा द्वन्द व्यवस्थापनका लागि भएको व्यवस्थाहरुः-

.  नेपालको संविधान-निजामती कर्मचारीलाई बिभागिय कारवाही गर्दा लोकसेवा आयोगको परामर्श लिनुपर्ने व्यवस्था रहेको।

·  निजामती सेवा ऐन,२०४९ र नियमावली २०५०-बढुवा सम्बन्धि व्यवस्था,तलब पुनरावलोकन समित,बढुवामा उजुरी सुन्ने व्यवस्था,ट्रेड युनियनसम्बन्धि व्यवस्था।

·  गुनासो सुनुवाइ निर्देशिका २०६३-गुनासो व्यवस्थापन प्रणालीलाई समस्थागत गर्ने,गुनासो समयमै फर्स्यौट गर्ने,निजामती सेवालाई उच्च मनोवलयुक्त वनाउने

·  मुख्यसचिवको अध्यक्षतामा केन्द्रिय गुनासो व्यवस्थापन समिति,सचिवको अध्यक्षतामा मन्त्रालयगत समिति र कार्यालय प्रमुखको अध्यक्षताम कार्यालयस्तरिय गुनासो व्यवस्थापन समिति

· प्रशासकीय अदालतको व्यवस्था गरिएको,

नेपालको निजामती सेवामा द्वन्द व्यवस्थापन प्रभावकारी हुन नसक्नुका कारणहरु

  • प्रशासन र राजनीतिबीचको मिलन योग्य र कार्यान्वयनशिल आर्दश रेखा कोर्नसक्ने कानुनी व्यवस्था र आचरणको कमी।
  • संगठनात्मक दोहोरोपना कायम रहनु,
  • सरुवा,वढुवा प्रणाली अनुमानयोग्य र स्पष्ट हुन नसक्नु
  • विभिन्न जात, जाती, धर्म, विचार र सम्प्रदायको उपस्थिति,
  • ईमान्दारिता,मानवता भन्दा हाकमी र शासकी शैलीको उपस्थिति हुनु,
  • परिवर्तनशिलता र प्रगतिशिलताको कमी हुनु,
  • विश्वासिलो दण्ड र पुरस्कारको पर्याप्त लागु हुन नसक्नु,
  • स्रोत र साधनको अभाव हुनु, र भएको स्रोत साधनको उचित वितरण हुन नसक्नु।
  • विधि, कानून र प्रक्रियाको संरक्षणमूखि हस्तक्षेप हुनु,
  • अनौपचारिक संगठनलाई मान्यता नदिनु,
  • द्वन्दलाई व्यवस्थापन गर्न वा समायोजन गर्न प्रशासनिक नेतृत्वमा क्षमता र सिपको कमी हुनु,
  • राजनीतिक एवं प्रशासनिक नेतृत्व, परिवर्तनको सँवाहक हुन नसक्नु,
  • प्रभावकारी सूचना प्रणालीको न्यूनता हुनु,
  • प्रशासकीय कार्यप्रक्रिया तथा जिम्मेवारीको बाँडफाँड नियमसँगत बन्न नसक्नु, आदी ।
  • निहित स्वार्थ केन्द्रित कार्य शैली,
  • सामुहिक भन्दा एकल निर्णयमा रमाउने संस्कृति,
  • निर्णय प्रकृयामा अस्वभाविक हस्तक्षेप हुनु।

नेपालको निजामती सेवामा रहेको द्वन्द व्यवस्थापन कसरी गर्ने

Ø  सहभागितामुलक निर्णय प्रकृया,

Ø  कानुनी र संरचनागत व्यवस्था गर्ने

Ø  राजनीतिक र प्रशासनको अधिकारहरु प्रष्ट विभाजन गर्ने।

Ø  राजनीतिक र प्रशासनीक नेतृत्वलाई द्वन्द व्यवस्थापन का सिप विकास गर्ने।

Ø  सादाचार र नैतिकताको विकास गर्ने,

Ø  स्रोतसाधनको पर्याप्त वितरण

Ø  उत्प्रेरणाका साधनहरुलाई समान रुपमा वितरण गर्ने।

Ø  पारदर्शी कार्यशैलीको विकास गर्ने।

Ø  पद र तह अनुसार कार्यबिभाजन ,

Ø  दण्ड र पुरस्कारको व्यवस्थालाई कार्यान्वयन गर्ने

Ø  बस्तुनिष्ठ आधारमा कार्यसम्पादन मुल्याङ्कन गर्ने पद्दतिको विकास।

Ø  आत्मानुशासनको जागृति

Ø  योग र ध्यान

द्वन्द व्यवस्थापनले द्वन्दलाई सिर्जनशील नतिजामा पुर्याउने कलालाई जनाउँछ।द्वन्दलाई सही तरिकाले नियन्त्र र व्यवस्थापन गर्न सकियो भने त्यसले संगठन र राज्यलाई प्रगतिशिल बाटोमा लैजाने गर्दछ।अन्यथा बिध्वंश ल्याउदछ।निजामती सेवामा पनि तमाम द्वन्द रहेका छन।यद्यपी द्वन्द व्यवस्थापन गर्ने मसिनमा फोहोर लागेको छ।अर्थात द्वन्द व्यवस्थापन नेपालको निजामती सेवामा प्राथमिकतामा परेको छैन। सोही कारण निजामति सेवामा भ्रष्टाचार मौलायको,सन्तोषजनक कार्यसम्पादन हुन नसकेको, नातावाद कृपावाद हावी भएको,काममा लजाउने र सुविधामा रमाउने प्रवृति हावी भएको,चाकडीतन्त्रको रजगज भएको,नातावाद र कृपावाद हावी भएको,निर्णयमा अनावश्यक हस्तक्षेप हुने गरेको,दलालीकरणको उपस्थिति देखिएको,राजनीति र प्रशासन विचको विवाद ज्यूका त्यु रहन पुगेको समग्रमा उतपादकत्वमा ह्रास आएको छ।त्यसैले हामीले चाहेको सुशान कायम गर्न,ईमान्दार नैतिक्तायुक्त निजामती सेवाको विकास गर्न निजामती सेवामा रहेको द्वन्द व्यवस्थापनमा राज्यले ध्यान दिनु जरुरी छ।

धर्मराज खत्री

शाखा अधिकृत,नेपाल सरकार

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...